कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतका प्रहरी इकाइमा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरू पुरस्कृत भएका छन्।
२०८३ साल कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर प्रसाद भट्टले प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिनुका साथै सम्बोधन गर्नुभएको थियो।
सोही अवसरमा इलाका प्रहरी कार्यालय कृष्णनगरमा कार्यरत प्रहरी सहायक हवल्दार भक्तबहादुर रानालाई २०८३ साल कात्तिक महिनाको ‘Best Police of the Month’ घोषित गर्दै सम्मान गरिएको हो।
कर्तव्यनिष्ठा, जिम्मेवारीबोध, अनुशासन र कार्यक्षमताका आधारमा गरिएको मूल्याङ्कनअनुसार प्रदान गरिएको यस सम्मानले प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति थप प्रतिबद्ध भएर काम गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै गरिएको यस सम्मानले प्रहरी संगठनभित्र सकारात्मक प्रतिस्पर्धा, सेवाभाव र जवाफदेहिताको संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
‘Best Police of the Month’ घोषित प्रहरी सहायक हवल्दार भक्तबहादुर रानालाई हार्दिक बधाई तथा आगामी कार्यकालको सफलताको शुभकामना।