काठमाडौँ । तीन देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा
गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदूतहरूले शपथ लिएका हुन्।
भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका
लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णले शपथ लिएका
छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले उनीहरूको
नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले राजदूत पदमा नियुक्त गरेका थिए ।
मन्त्रीपरिषद्ले १३ जना राजदूतको नाम सिफारिस गरेकोमा
संसदीय सुनुवाइ समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ
समितिले नाम अनुमोदन गरेपछि सरकारले सम्बन्धित देशहरूमा राजदूतहरूको नाम अग्रिमोका
लागि पठाएको थियो ।
अग्रिमो आएका ३ जना राजदूतहरूले मात्रै सोमबार पद तथा
गोपनीयताको शपथ लिएका हुन् ।