मङ्गल, ०८ वैशाख २०८३ / April 21, 2026, Tuesday
मङ्गल, ०८ वैशाख २०८३
Advertisement
banner add

भरतपुरमा महसुल नबुझाउने २७७ विद्युत् ग्राहक कालोसूचीमा, १ करोड बढी बक्यौता उठ्न बाँकी

banner add
writter
मङ्गल, ०८ वैशाख २०८३
(Shares)

लामो समयदेखि बिजुलीको बिल नबुझाउने २७७ जना ग्राहकलाई नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले कालोसूचीमा राखेको छ। चालु आर्थिक वर्षभित्र पटक-पटक ताकेता गर्दा पनि महसुल नतिरेपछि उनीहरूलाई कालोसूचीमा राखेर कारबाही अगाडि बढाइएको हो।

केन्द्रका सूचना अधिकारी नन्दराम विष्टका अनुसार, कालोसूचीमा परेका यी ग्राहकहरूबाट मात्रै १ करोड ४ लाख १७ हजार ३८१ रुपैयाँ महसुल उठ्न बाँकी रहेको छ। बक्यौता चुक्ता गर्न बेवास्ता गरेपछि बाध्य भएर कालोसूचीको प्रक्रियामा जानुपरेको उनले प्रस्ट पारे।

यसैगरी, बक्यौता असुली अभियानलाई तीव्रता दिँदै केन्द्रले चालु आर्थिक वर्षमा १ हजार ८२६ जना ग्राहकको बिजुलीको लाइनसमेत काटेको छ। विशेषगरी ६ महिनाभन्दा लामो समयसम्म महसुल नतिर्ने ग्राहकहरूलाई लक्षित गर्दै लाइन काटिएको हो।

हाल भरतपुर वितरण केन्द्रअन्तर्गत जम्मा ७४ हजार ८७६ जना ग्राहक दर्ता छन्। ती सम्पूर्ण ग्राहकबाट कुल ४९ करोड ४ लाख १० हजार ४३७ रुपैयाँ महसुल असुल हुन बाँकी रहेको केन्द्रको तथ्यांक छ।

उक्त बाँकी रकम उठाउनका लागि प्राधिकरणले सूचना जारी गर्ने, लाइन काट्ने जस्ता कारबाहीहरूलाई निरन्तरता दिइरहेको छ। सूचना अधिकारी विष्टले बक्यौता असुलीको काममा कार्यालयका कर्मचारीहरू नियमित रूपमा सक्रिय भइरहेको जानकारी दिएका छन्।

ads
ads
add
banner add

सम्बन्धित खबर