आइत, १४ भदौ २०८३ / August 30, 2026, Sunday
आइत, १४ भदौ २०८३
Advertisement
banner add

गण्डक ब्यारेजमा भेटिए ५४ सग्ला शव भेटियो

banner add
writter
शनि, १३ भदौ २०८३
(Shares)

काठमाडौँ ।  रसुवालगायतका जिल्लामा आएको बाढीमा परी मृत्यु भएर बगेर नारायणी हुँदै गण्डक ब्यारेजमा ५४ वटा सग्ला शव भेटिएका छन् । उनीहरुबाहेक २५ वटाका विभिन्न अंगहरु मात्रै भेटिएका छन् ।

अहिलेसम्म भेटिएका शवमध्ये एकजनाको मात्र सनाखत भएको छ भने ५३ वटा शव व्यवस्थापनको चुनौती बढेको छ । गोरखा पालुङटार नगरपालिका ७ स्याम्ली भञ्ज्याङ बस्ने २८ वर्षीय समी कुमालको रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी मदन थापाले जनाए ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको शव उनका दाजुले सनाखत गरेपछि परिवारको जिम्मा लगाइएको छ । थापाका अनुसार अब ती शवहरुको डिएनए परीक्षणको प्रकृया अघि बढेको छ ।

भेटिएका शवमध्ये रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा १९ र भीम अस्पतालमा २ गरी २१ र कपिलवस्तुमा ६ वटा रहेका छन् । अन्यनवलपरासीमै रहेकाले अब कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती बढेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले यहाँ भेटिएका मध्ये रुपन्देही, नवलपरासी तथा कपिलवस्तुका विभिन्न अस्पतालमा राखिएको तर शव धेरै सडिसकेकाले छिटो व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले भेटिएका धेरै शवहरु अनुहार नै नचिनिने अवस्थामा रहेको, कुहिसकेको अवस्थामा रहेकाले यसले थप महामारी ल्याउनसक्ने जोखिम भएकाले छिटो व्यवस्थापन गर्नुपर्ने अवस्था आइलागेको बताए ।

गण्डक ब्यारेजमा ५४ वटा सग्ला शव र थप २५ जनाका विभिन्न अङ्गहरू फेला परेको खबरले प्राकृतिक विपद्को भयावहता मात्र होइन, हाम्रो विपद् व्यवस्थापन र मानवीय संवेदनशीलतामाथि पनि गम्भीर प्रश्न उठाएको छ। यस्ता घटनामा तथ्यांकभन्दा महत्वपूर्ण प्रत्येक शवको पहिचान र परिवारसम्म सत्य सूचना पुर्‍याउनु हो।

बाढी, पहिरो र डुबानजस्ता विपद्का कारण ज्यान गुमाउनेको संख्या बढिरहँदा शव व्यवस्थापन, पहिचान र सुरक्षित अभिलेखीकरणमा राज्यका संयन्त्र अझ संवेदनशील र प्रभावकारी बन्न आवश्यक छ। बेपत्ता नागरिकका परिवार लामो समयसम्म अनिश्चितताको पीडामा बस्नुपर्ने अवस्था आफैंमा अर्को मानवीय संकट हो।

गण्डक ब्यारेजमा भेटिएका शव र अंगहरूको वैज्ञानिक परीक्षण, डीएनए परीक्षण तथा पहिचान प्रक्रिया शीघ्र अघि बढाइनुपर्छ। मृतकको सम्मानजनक अन्त्येष्टि र परिवारलाई आवश्यक कानुनी तथा मानवीय सहयोग उपलब्ध गराउनु राज्यको दायित्व हो।

यस घटनाले विपद्पछि उद्धारमा मात्र होइन, बेपत्ता नागरिकको खोजी, शव पहिचान, सूचना व्यवस्थापन र पीडित परिवारको पुनर्स्थापनामा पनि राज्यको तयारी बलियो हुनुपर्ने पाठ दिएको छ। विपद् आउँदा क्षति गन्ने होइन, क्षति न्यूनीकरण गर्ने र हराएका नागरिकको खोजीमा राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्ने व्यवस्था अब अनिवार्य बन्नुपर्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर