मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

प्रहरी वृत बालाजुको एउटा भवन मर्मत संभार गरि आज एक कार्यक्रम बिच हस्तान्तरण

banner add
writter
शनि, २९ कात्तिक २०८२
(Shares)

काठमाडौं । भदौं २३ र २४ को जेन्जी आन्दोलनको क्रममा आगलागि तथा तोडफोडमा परि ध्वस्त भएको प्रहरी वृत बालाजुको एउटा भवन मर्मत संभार गरि आज एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।

स्थानीय समाजसेवी शिवभक्त रन्जितको संयोजकत्वमा गठित बालाजु प्रहरी वृत पुननिर्माण तथा पुनस्र्थापना समितिले बिभिन्न संघ संस्था तथा सामाजिक व्यक्तित्वहरु संगको सहकार्यमा सो भवन मर्मत संभार गरि आज एक कार्यक्रम बिच हस्तान्तरण गरिएको हो ।

समितिका अध्यक्ष स्थानीय समाजसेवी शिवभक्त रन्जितको शभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्थानीय समाजसेवी तथा जलविद्युत बिशेषज्ञ आत्मकृष्ण श्रेष्ठ रहनुभएको थियो ।

कार्यक्रममा अतितिथको रुपमा प्रदेशसभा सदस्य वसन्त मानन्धर,प्रकाश श्रेष्ठ ,प्रहरी वरिष्ठ उपरिक्षक रमेश थापा,वडा नं.१६ की वडाध्यक्ष रोजिना श्रेष्ठ,प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्ट ,समाजसेवी गौतम प्रजापती,सानु प्रजापती महर्जन,वडा सदस्य हर्क बहादुर खाती,शारदा सुवेदी,मनिता दियाली लगायत स्थानीय समाजसेवी तथा बौद्धिक व्यक्तित्वहरु रहनु भएको थियो ।

भवन मर्मत संभार तथा पुननिर्माणको लागि आर्थिक तथा श्रमदान र भौतिक सहयोग गर्ने सहयोग दाताहरुलाई कार्यक्रममा खादा लगाएर सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य स्थानीय समाजसेवी तथा व्यवसायी देवेन्द्र श्रेष्ठले राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण बालाजु प्रहरी वृत पुननिर्माण तथा पुनस्र्थापना समितिका सचिव सुर्य बहादुर खातीले गर्नु भएको थियो ।

सो भवन मर्मत संभार मा फिल्ड ईन्चार्जको भुमिकामा रहनुभएका राममणी घिमिरे लगायत निर्माण कार्यमा सहभागि सबै अभियन्ता हरुलाई कार्यक्रममा बिशेष सम्मान गरिएको थियो ।

कार्यक्रमका सभापति तथा समितिका संयोजक शिवभक्त रन्जितले कार्यक्रम समापन गर्दै यो भवन प्रहरीलाई हस्तानरण भए पछि स्थानीयहरुले शान्ति शुरक्षा र अमनचैन पाउनेमा विस्वस्त रहेको बताउँदै यो अभियानमा मन बचन र कर्मले सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

ads
ads
add
banner add

सम्बन्धित खबर