बिहि, २४ वैशाख २०८३ / May 7, 2026, Thursday
बिहि, २४ वैशाख २०८३
Advertisement
banner add

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

banner add
writter
बिहि, २४ वैशाख २०८३
(Shares)

उदयपुरमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले ४४ वर्षीय प्रेम मगरलाई बुधबार नियन्त्रणमा लिएको हो ।

उदयपुर जिल्ला अदालतको फैसलाअनुसार मगरलाई ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएको थियो । अदालतको फैसला पश्चात फरार रहेका उनलाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका मगरलाई फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर