मङ्गल, २२ वैशाख २०८३ / May 5, 2026, Tuesday
मङ्गल, २२ वैशाख २०८३
Advertisement
banner add

गुल्मीमा राति ९ बजेपछि मदिरा बिक्री–सेवनमा रोक

banner add
writter
सोम, २१ वैशाख २०८३
(Shares)

गुल्मी  ।  जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्री तथा सेवनमा कडाइ गर्ने निर्णय गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले हालै गरेको निर्णयअनुसार अब गुल्मीभरि राति ९:०० बजेपछि मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवन गर्न रोक लगाइएको छ।

कार्यालयका अनुसार विगत केही वर्षयता भएका आपराधिक घटनाहरूको विश्लेषण गर्दा धेरैजसो घटना मदिरा सेवनसँग सम्बन्धित देखिएकाले यस्तो निर्णय लिनु परेको हो। स्थानीय तह तथा सरोकारवालाबाट मदिरा नियन्त्रण गर्न बारम्बार आग्रह आएपछि शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै यो कदम चालिएको जनाइएको छ।

साथै, न्यून गुणस्तरका मदिरा उत्पादन तथा बिक्री वितरण नगर्न/नगराउन पनि व्यवसायीहरूलाई निर्देशन दिइएको छ। प्रशासनले जारी गरेको सूचनाको उल्लङ्घन गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।

यो निर्णयसँगै जिल्लामा सार्वजनिक शान्ति र सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर