काठमाडौँ । नेपाली कांग्रेस को महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत मा पुनः अर्को निवेदन दर्ता भएको छ । उक्त निवेदनमाथि आज सुनुवाइ हुने तय गरिएको छ ।
महाधिवेशनको प्रक्रिया, वैधानिकता तथा आन्तरिक विवादलाई लिएर दायर गरिएको निवेदनमा अधिवेशन तत्काल स्थगित गर्न अन्तरिम आदेश माग गरिएको जनाइएको छ । निवेदक पक्षले पार्टीभित्रको विवाद समाधान नगरी महाधिवेशन अगाडि बढाउँदा संस्थागत संकट उत्पन्न हुने दाबी गरेका छन् ।
यसअघि पनि सोही विषयमा अदालतमा निवेदन दर्ता भइसकेको थियो । पछिल्लो निवेदनले पुनः राजनीतिक र कानुनी बहसलाई तातेको छ । अब अदालतको निर्णयले महाधिवेशनको कार्यतालिकामा प्रत्यक्ष असर पार्ने देखिएको छ ।
यस विषयमा नेपाली कांग्रेस भित्र विभिन्न धारणा सार्वजनिक भइरहेका छन् भने नेतृत्व पक्षले भने महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्ने अडान लिएको छ ।