काठमाडौं । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत विभिन्न उच्च पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गर्दै नेपाल दूरसञ्चार प्राधिकरण को अध्यक्ष पदमा एक जना र सदस्य पदमा चार जना नियुक्त गर्न आवेदन माग गरेको हो ।
मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले २०८३ साल जेठ ५ गते मंगलबार कार्यालय समयभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदनका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम तथा आवश्यक कागजात सम्बन्धी विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उपलब्ध रहेको जनाइएको छ ।
त्यसैगरी मन्त्रालयले सुरक्षण मुद्रण केन्द्र को कार्यकारी निर्देशक पदका लागि पनि एक जना उम्मेदवार छनोट गर्न दरखास्त आह्वान गरेको छ । उक्त पदका लागि पनि आवेदन दिने अन्तिम मिति २०८३ जेठ ५ गते तोकिएको छ ।
मन्त्रालयले तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न इच्छुक उम्मेदवारलाई आग्रह गरेको छ ।