सोम, २१ वैशाख २०८३ / May 4, 2026, Monday
सोम, २१ वैशाख २०८३
Advertisement
banner add

कैलालीमा तालिमरत सशस्त्र प्रहरी जवानको निधन

banner add
writter
सोम, २१ वैशाख २०८३
(Shares)

कैलाली । सशस्त्र प्रहरी बलको बडिमालिका जवान तालिम शिक्षालय, बनबेहडामा तालिम लिइरहेका एक प्रशिक्षार्थी जवानको उपचारका क्रममा मृत्यु भएको छ ।

दार्चुला जिल्लाको नौगाड गाउँपालिका–१ घर भएका प्रशिक्षार्थी जवान महेश महताको सोमबार बिहान उपचारकै क्रममा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

शिक्षालय स्रोतका अनुसार आइतबार राति करिब सवा १ बजेतिर उनलाई टाउको र छातीमा अचानक दुखाइ तथा असहजता देखिएको थियो । त्यसपछि उनलाई तत्काल सशस्त्र प्रहरीको फिल्ड अस्पताल, अत्तरिया लगिएको थियो । प्रारम्भिक उपचारपछि अवस्था गम्भीर बनेपछि थप उपचारका लागि अत्तरिया अस्पतालमा रेफर गरिएको हो ।

तर अस्पतालमा उपचार भइरहेकै क्रममा बिहान करिब साढे ४ बजे उनी बेहोस भएका थिए । चिकित्सकले बिहान करिब ५:१५ बजे उनलाई मृत घोषणा गरेका थिए ।


 

ads
ads
add
banner add

सम्बन्धित खबर