सोम, ०८ असार २०८३ / June 22, 2026, Monday
सोम, ०८ असार २०८३
Advertisement
banner add

सानो उमेरमा ठूलो सफलता; द भोइस किड्स नेपाल सिजन-५ विजेता खड्का

banner add
writter
सोम, ०८ असार २०८३
(Shares)

काठमाडौँ । खोटाङकी १२ वर्षीया प्रतिभाशाली गायिका शुवास्ना खड्का केसी (सुबु)ले द भोइस किड्स नेपाल सिजन-५ मा दिएको प्रभावशाली प्रस्तुतिले दर्शक र श्रोताको मन जित्न सफल भएकी छन्। आफ्नो मधुर स्वर, आत्मविश्वासपूर्ण प्रस्तुति र संगीतप्रतिको लगावमार्फत उनले कोच वाङ्देन शेर्पाको कुर्सी घुमाउन मात्र सफल भइनन्, सामाजिक सञ्जालमा समेत व्यापक चर्चा बटुलिन्।

यस्ता मञ्चहरूले बाल प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्छन्। सुबुको प्रस्तुति भाइरल हुनु केवल व्यक्तिगत सफलताको विषय होइन, यो ग्रामीण क्षेत्रबाट उदाउँदै गरेका प्रतिभाशाली बालबालिकाका लागि प्रेरणाको स्रोत पनि हो। सीमित अवसर र स्रोत–साधनका बीच पनि लगन, मेहनत र प्रतिभाको बलमा राष्ट्रिय मञ्चमा पहिचान बनाउन सकिन्छ भन्ने सन्देश उनले दिएकी छन्।

बाल प्रतिभाको विकासमा परिवार, विद्यालय र समाजको भूमिका महत्त्वपूर्ण हुन्छ। सुबुको सफलताले अभिभावकलाई आफ्ना सन्तानको रुचि र क्षमताको पहिचान गरी उचित वातावरण निर्माण गर्न प्रेरित गर्ने अपेक्षा गर्न सकिन्छ। साथै, यस्ता प्रतिभालाई निरन्तर प्रोत्साहन र मार्गदर्शन उपलब्ध गराउन सम्बन्धित निकाय तथा सांगीतिक क्षेत्रले पनि ध्यान दिन आवश्यक छ।

खोटाङकी छोरी सुबुले हासिल गरेको यो सफलता जिल्लाका लागि मात्र होइन, सम्पूर्ण नेपाली संगीत क्षेत्रका लागि गौरवको विषय बनेको छ। आगामी दिनमा पनि उनले आफ्नो प्रतिभालाई अझ निखार्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उज्ज्वल बनाउने विश्वास गर्न सकिन्छ। सुबुको सांगीतिक यात्राका लागि हार्दिक शुभकामना।

ads
ads
add
banner add

सम्बन्धित खबर