बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

युके पठाइदिने भन्दै ३२ लाख ठगी गर्ने बिन्दु पोखरेल पक्राउ

banner add
writter
सोम, ०५ साउन २०८२
(Shares)

काठमाडौं — वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाउँदै ठगी गरेको अभियोगमा नवलपरासी पूर्व, सुनवल नगरपालिका–१ की २९ वर्षीया बिन्दु पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। उनी हाल ललितपुर महानगरपालिका–२३ मा बसोबास गर्दै आएकी थिइन्।

पोखरेलले “युके पठाइदिन्छु” भन्दै १९ जना पीडितबाट जम्मा ३२ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएकी थिइन्।

पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बाट पक्राउ गरेको हो।

ads
ads
add
banner add

सम्बन्धित खबर