काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाहरूका शव भारतको गण्डक क्षेत्रमा भेटिन थालेका छन्। भारतीय अधिकारीहरूले फेला परेका शव नेपाललाई हस्तान्तरण गरिरहेका छन्।
भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा पुगेका शव नदीको बहावसँगै भारतसम्म पुगेको बताइएको छ। पछिल्लो विवरणअनुसार भारतमा मात्रै १३ वटा शव फेला परेको रिपोर्ट सार्वजनिक भएको छ।