बुध, २३ वैशाख २०८३ / May 6, 2026, Wednesday
बुध, २३ वैशाख २०८३
Advertisement
banner add

शिवपुरी जंगलमा महिलाको शव गाडिएको अवस्थामा फेला, हत्या आरोपमा एक पक्राउ

banner add
writter
मङ्गल, २२ वैशाख २०८३
(Shares)

काठमाडौं ।  शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र एक महिलाको शव गाडिएको अवस्थामा भेटिएको छ। टोखा नगरपालिका–१ अन्तर्गत पर्ने शिवपुरी जंगल क्षेत्रबाट उक्त शव फेला परेको हो।

जिल्ला प्रहरी परिसरका एसपी का अनुसार, मृतकको पहिचान तारकेश्वर नगरपालिका–३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारीका रूपमा भएको छ।

प्रारम्भिक अनुसन्धानबाट तिवारी वैशाख ११ गतेदेखि हराइरहेकी थिइन् भन्ने खुलेको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले टोखा निवासी अनिल डंगोललाई पक्राउ गरेको छ। उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार तिवारी र डंगोलबीच करिब एक वर्षदेखि चिनजान तथा सम्पर्क रहेको देखिएको छ। सोही क्रममा डंगोलले शिवपुरी जंगलमै तिवारीको हत्या गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर