काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज मध्याह्न १२ बजे
सिंहदरबारमा बस्ने भएको छ।
बैठकमा देशको समसामयिक राजनीतिक, आर्थिक
तथा प्रशासनिक अवस्थाबारे समीक्षा गर्नुका साथै विभिन्न मन्त्रालयबाट प्रस्तुत
एजेण्डामाथि छलफल हुने जनाइएको छ।
सरकारका नियमित नीतिगत निर्णय, प्रशासनिक
नियुक्ति, विकास आयोजना तथा अन्य समसामयिक विषयहरू पनि बैठकको
कार्यसूचीमा रहने अपेक्षा गरिएको छ।
बैठकबाट भएका निर्णयहरू सार्वजनिक भएपछि थप विवरण उपलब्ध
हुनेछन्।