काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कप्तानगंज घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरिने बताएका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारले कुनै पनि नागरिकको जिउधनको क्षति हुन नदिन उच्च सतर्कताका साथ काम गरिरहेको उल्लेख गरे। उनले पछिल्ला घटनापछि सुरक्षा निकायहरू शान्ति–सुव्यवस्था कायम गर्न सक्रिय रूपमा परिचालित भएको पनि बताए।
“सुनसरी लगायतका घटनापछि सुरक्षा निकायहरूले परिस्थितिलाई सामान्य बनाउन निरन्तर काम गरिरहेका छन्। घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरिनेछ। यस घटनामा संलग्न जो कोही भए पनि कानुनअनुसार कारबाहीको दायरामा ल्याइनेछ,” प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा भने।
प्रधानमन्त्रीले कानुनी शासन, न्याय र पारदर्शिताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याउँदै नागरिकलाई संयमित रहन र शान्ति कायम गर्न सहयोग गर्न आग्रह गरेका छन्।