मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

बागमतीसहित ३ प्रदेशमा दिउँसाे र राति वर्षाको सम्भावना

banner add
writter
बिहि, २३ असोज २०८२
(Shares)

काठमाडाैं । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पश्चिमी भू-भागका केही स्थानहरूमा पश्चिमी वायूको प्रभाव परेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। साथै बाँकी भू-भागमा भने मनसुनी र स्थानीय वायूको कमजोर प्रभाव रहेको हाे ।

त्यस्तै, बिहीबार दिउँसाे भने कोशी प्रदेश लगायतका देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। बाँकी भू-भागमा भने मुख्यतया माैसम सफा रहने भएकाे हाे। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थान हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

त्यस्तै, बिहीबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे हाे । साथै बाँकी भू-भागमा भने मुख्यतया सफा रहने भएकाे छ। त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।

 

ads
ads
add
banner add

सम्बन्धित खबर