काठमाडौं । इन्टरनेट सेवा प्रदायक
कम्पनी क्लासिक टेकले ‘कनेक्ट फर इम्प्याक्ट’ मूल नारासहित आफ्नो १७ औं
वार्षिकोत्सव मनाएको छ।
वार्षिकोत्सवका अवसरमा कम्पनीले
गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्नुका साथै, प्रविधिमार्फत शिक्षा, रोजगारी र समावेशी विकासमा योगदान पुर्याउने प्रतिबद्धता
दोहोर्याएको छ।
कम्पनीका अनुसार ‘कनेक्ट फर
इम्प्याक्ट’ अभियान सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सकारात्मक परिवर्तन
ल्याउने दीर्घकालीन अभियान रहेको क्लासिक टेकले जनाएको छ ।
यसअन्तर्गत क्लासिक टेकले नेपाल
अपाङ्ग महिला संघसँग समावेशी रोजगारी प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर
गरेको छ। साथै, अनमोल चिल्ड्रेन
डेभलपमेन्ट होमलाई निःशुल्क उच्च गतिको इन्टरनेट सेवा र एक थान कम्प्युटर उपलब्ध
गराएर बालबालिकाको डिजिटल शिक्षामा सहयोग गरेको जनाएको छ।
कम्पनीले ग्राहक, कर्मचारी, साझेदार तथा
शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा र सामाजिक
उत्तरदायित्वमार्फत समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने अभियानलाई निरन्तरता
दिने जनाएको छ।