बुध, २३ वैशाख २०८३ / May 6, 2026, Wednesday
बुध, २३ वैशाख २०८३
Advertisement
banner add

क्लासिक टेकको इन्टरनेट टीभी अफर : १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्

banner add
writter
बुध, २३ वैशाख २०८३
(Shares)

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले विशेष अफर ल्याएको छ । ‘एक वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्’ नामक यस अफरमा अब ग्राहकले ३०० एमबीपीएस उच्च गतिको इन्टरनेट र आईपी टीभी जडानमा ४ वर्षसम्म आईपीटीभी सेवाका साथै वाइफाइ सिक्स राउटर पनि निःशुल्क पाउने छन् ।

‘दैनिकको मात्र ४० रुपैयाँको दरले यो अफर वार्षिक जडान गर्न सकिनेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘एचडी तथा एसडी प्रिमियम टीभी च्यानलमा इतिहासदेखि मनोरञ्जन बालबालिका , खेलकुदसम्मका सयौं टीभी च्यानल समावेश गरिएको छ।’

यसको मूल्य ५०० प्रतिमहिना पर्न आउने तर अफरमा लिँदा भने २०३ रुपैयाँ पर्ने कम्पनीको भनाइ छ । कुल ३ वर्ष टीभी बोनसमा ग्राहकलाई ७ हजार ३२२ रुपैयाँ बराबरको फाइदा हुने कम्पनीले बताएको छ। 

‘ग्राहकको आवाश्यकतालाई मध्यनजर गर्दै १ वर्ष इन्टरनेट तथा आईपीटीभी जडानमा ३ वर्षे निशुल्क सेवा अफर ल्याएका छौं’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर