बिहि, २५ भदौ २०८३ / September 10, 2026, Thursday
बिहि, २५ भदौ २०८३
Advertisement
banner add

सामुदायिक सेवा केन्द्रका अध्यक्ष न्यौपानेद्वारा अमर प्रहरीप्रति श्रद्धाञ्जली

banner add
writter
बुध, २४ भदौ २०८३
(Shares)

काठमाडौँ   राष्ट्र नागरिकको सुरक्षाका लागि कर्तव्य निर्वाह गर्ने क्रममा जीवन गुमाएका प्रहरी कर्मचारीप्रतिको सम्मान केवल एउटा औपचारिक कार्यक्रम होइ , राज्यको जिम्मेवारी समाजको नैतिक दायित्व पनि हो। यही भावनालाई आत्मसात् गर्दै प्रहरी वृत्त महाराजगञ्जले सहिद तथा अमर प्रहरीको स्मरणमा पुष्पाञ्जली अर्पण गरेको छ।

 

सो कार्यक्रममा प्रहरी सामुदायिक सेवा केन्द्र चुडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले पनि जेन्जी आन्दोलनमा ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गर्नु भयो । मन्तव्यका क्रममा भन्नु भयो; आम नागरिकलाई जन्म देखि मृत्युसम्म प्रहरी चाहिन्छ । हामी कस्तो समाजको परिकल्पना गरिरहेकाछौं ।हाम्रो लागि अहोरात्र खटिने प्रहरी माथी भौतिक आक्रमण अति दु:खदको बिषय रहेको बताउँनु भयो ।

 

कर्तव्यको मोर्चामा उभिँदा ज्यान गुमाएका प्रहरीका परिवारले भोगेको पीडा शब्दमा व्यक्त गर्न कठिन हुन्छ। आफ्नो परिवारको सदस्य गुमाउनुको दुःखसँगै राष्ट्रसेवामा गरिएको बलिदानको मूल्य पनि उनीहरूले बोकेका हुन्छन्। त्यसैले यस्ता परिवारलाई सम्झनु, सम्मान गर्नु आवश्यक सहयोग उपलब्ध गराउनु राज्य तथा प्रहरी संगठनको महत्वपूर्ण दायित्वमा हाम्रो पनि उतिकै महत्वपूर्ण भुमिका रहन्छ भन्नुयो।

 

प्रहरीको जिम्मेवारी चुनौतीपूर्ण हुन्छ। शान्तिसुरक्षा कायम गर्ने क्रममा कहिलेकाहीँ उनीहरूले आफ्नो जीवनकै जोखिम उठाउनुपर्ने अवस्था आउँछ। नागरिकको अधिकार सुरक्षाका लागि खटिँदा ज्यान गुमाउने प्रहरीको बलिदानलाई समाजले पनि सम्मानका साथ सम्झन आवश्यक छ भन्नुभयो ।

 

महाराजगञ्ज वृत्तको यो पहलले एउटा महत्वपूर्ण सन्देश दिएको कर्तव्यमा जीवन अर्पण गर्ने प्रहरीलाई संगठनले बिर्सिएको छैन। उनीहरूको योगदान प्रहरीको इतिहासमा मात्र होइन, राष्ट्रको सुरक्षाका लागि गरिएको अमूल्य बलिदानका रूपमा स्थापित हुनुपर्छ।

 

जेन्जी आन्दोलनका क्रममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी सहायक हवल्दार उत्तम थापा अमृत गुरुङले ज्यान गुमाएका थिए।

 

नागरिकतर्फका सहिदहरूको सम्झनामा राज्यस्तरमै कार्यक्रम भइरहँदा आन्दोलनकै क्रममा कर्तव्य निर्वाह गर्दा ज्यान गुमाएका प्रहरी कर्मचारीको बलिदान भने उक्त कार्यक्रममा छुटेको देखियो। यहीबीच, प्रहरी वृत्त महाराजगन्जले भने आफ्ना अमर प्रहरीलाई सम्झिँदै वार्षिक श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम आयोजना गरेको हो।

 

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनले अमर प्रहरीका आफन्तलाई नगद सहयोगसमेत प्रदान गरे।

 

त्यसैगरी अमर प्रहरीका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सम्मानपत्रसमेत हस्तान्तरण गरिएको थियो।कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका प्रहरी वृत्तका इन्चार्जसहित विभिन्न तहका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो।

ads
ads
add
banner add

सम्बन्धित खबर