काठमाडौँ । सरोकार
केन्द्रद्धारा नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीलाई विभिन्न सार्वजनिक
र प्रशासनिक विषय समेटेर ध्यानाकर्षक सुझाव पत्र प्रस्तुत गरेको हो। उक्त
कार्यक्रमका संयोजक सरोकार केन्द्रका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोविन्द
पन्थी, संस्थाका महासचिव एवम् सञ्चारकर्मी जीवन शर्मा, सचिव
धर्मराजकार्की, केन्द्रिय सदस्यहरु शान्त बहादुर वाइवा, कुन्दन
कार्की एवम् अन्य पदाधिकारीहरुको उपथिति रहेको थियो।
सरोकार केन्द्रको विशेषगरी बैदेशिक
रोजगार र मानव तस्करी नियन्त्रणमा सुधारका उपायहरू प्रस्तुत गरेको महासचिव जीवन
शर्माले जानकारी दिनुभयो । “हामीले वैदेशिक रोजगारसम्बन्धी चुनौतीहरू, रोजगारीका
अवैध माध्यम र मानव तस्करी नियन्त्रणमा नेपाल प्रहरीले गर्न सक्ने पहलहरूलाई
केन्द्रमा राखेर सुझाव पत्र तयार गरेर आईजीपी सापलाई बुझाएकाछौँ। यसले सम्बन्धित
निकायहरूलाई नीति निर्माण र व्यावहारिक कदम चाल्न सहयोग पुर्याउनेछ।”
देशमा लोकतान्त्रिक मूल्य र
मान्यता, स्थाईत्व र सुशासनमा टेवा पुग्ने हेतुले स्थापना भएको
गैरसरकारी संस्था हो सरोकार केन्द्र । मानव बेचबिखन तथा ओसारपसार मानवता विरुद्धको
अपराध र नेपालको विद्युतीय कारोबार ऐन २०६३ ले “कम्प्युटर, इन्टरनेट
लगायतका विद्युतीय साइबर अपराध रोकथाम तथा नियन्त्रणको लागि सरकारले प्रभावकारी
उपाय अंगीकार गर्न नसकेको कारणले गर्दा मानव बेचबिखन प्रतिवेदन २०२३ ले नेपाललाई
दोश्रो तहमै राखेको देखिएको एवम् बेरोजगार युवा-युवतीहरु भिजिट भिसाको प्रयोग गरी
विभिन्न मुलुकमा जाने र अवैधानिक रुपमा श्रमिकको रुपमा काम गर्दा शारीरिक तथा
आर्थिक शोषणमा परेको अवस्थामा समेत स्वदेश फर्कन नसकी नारकीय जीवन बिताउनु परेको
परिस्थितिलाई मध्यनजर राखी मूख्यतया त्यस्ता अलपत्र पारिएका व्यक्तिहरुलाई सहयोग
गर्ने तथा उद्दार गर्ने भूमिका निर्वाह गर्न सरोकार केन्द्र नामक संस्थाबाट
उल्लेखित कार्य गर्नका लागि आम नागरिक र सरकार बिच सेतुको भूमिका निर्वाह गरी
कानून बमोजिम नियम पालना गर्ने उद्देश्यका साथ यस संस्था काठमाडौं जिल्ला प्रशासन
कार्यालय र समाजिक कल्याण परिषद्ममा वि.स. २०८१ साल पुस महिनामा दर्ता भएको
गैरनाफा मूलक संस्था हो ।
उक्त उद्देश्य परिपूर्तिका लागि यस
क्षेत्रमा आबद्ध भई कार्य गरिरहेका बौद्धिक वर्ग र आमसञ्चार क्षेत्र मार्फत्
सामाजिक सचेतनाको अभिवृद्धिमा सहयोगी भूमिका निर्वाह गर्नु अत्यावश्यक रहेको ठहर
गर्दै असहाय, दुःखी, अपाङ्गता भएका, वैदेशिक
रोजगारीमा गई विदेशमा अलपत्र परेका, समाजिक एवंम्
घरेलु हिंसा, वैदेशिक रोजगार ठगी, साइबर अपराध, लागुऔषधको
दुर्व्यसन,मानव बेचबिखन, पर्यावरण संरक्षण, जलवायु
परिवर्तन, शिक्षा/स्वास्थ्य, रोजगारमूलक सीप र
नागरिकहरुको हकहित अभिवृद्धिका लागि कार्य गर्ने उदेश्यका साथ नेपाल राज्यभर
सक्रिय बौद्धिक वर्ग, समाजसेवी, पत्रकार, सञ्चारकर्मी
लगायतलाई एकताबद्ध गर्दै, पेशागत विकास र हकहीतका लागि कार्य गर्ने
मुख्य अठोटका साथ यस संस्थाको आवश्यकता महशुस गरिएको हो ।
स्थापनाकाल देखि नै वैदेशिकमा
अलपत्रपरेका नागरिकको उद्धार र सामाजिक जन-चेतनाको बारेमा काम गर्दै आएको छ ।
छोटकरीमा भन्नुपर्दा, ‘सरोकार केन्द्रले समाज प्रति भावना योग्य
र अनुभवी विज्ञहरुको सहयोगमा आयोजनाहरुको सफल कार्यान्वयन गर्नेमा विश्वास लिएको छ
। यस संस्थाले सरकार र सरोकारवालाहरुलाई पूर्ण रुपमा सहयोगको भूमिका निर्वाह गर्ने
छ साथै लाभार्थीहरुलाई आर्थिक गतिविधिमा लगाउँन सके स्थानीय स्रोत साधनको उपयोग
गरी कार्यक्रमहरु कार्यान्वय सकिन्छ । सहयोगी निकायहरुसँग सहकार्य गरेर कार्यक्रम
गर्न र गराउँन 'सरोकार केन्द्र' प्रतिवद्धता
गर्दछ ।
मानव बेचबिखन तथा ओसारपसार, मानव
तस्करी नियन्त्रण, वैदेशिक रोजगारी ठगी तथा सामाजिक संजालको
दुरुपयोग बाट हुने अपराध नियन्त्रण तथा न्यूनीकरणको लागि शशक्त भुमिका निर्भाह
गर्दै २५ भन्दा बढी सामुदायिक
विद्यालयहरुमा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिसकेको एबम् मानव तस्करी तथा
वैदेशिक रोजगारको क्रममा गएर अलपत्र परेका ४९ जनालाई उद्दार र ५५ जनालाई निशुल्क
कानुनी सेवा समेत उपलब्ध गराइसकेको अबगत
गराउन चाहन्छौ।
पछिल्लो समय भिजिट भिषाको दुरुपयोग
गर्दै मानव तस्करी र वैदेशिक रोजगार ठगिमा बेरोजगार युवा युवती ठगिने र बिदेश लगेर
भने अनुसारको काम नदिलाउने एबम अलपत्र समेत पार्ने गरेको देखिँदा अहिले पनि करिब २
हजारको संख्यामा बिदेशी भुमिमा कामको खोजिमा गएका युवायुवती अलपत्र परेर बिचल्ली
अबस्थामा रहेका छ्न्।तसर्थ यस्ता गतिविधिमा सङ्लग्न हरुलाइ कानुनी कारबाहीमा ल्याइ
यस्ता अपराध निरुत्साहित गर्नु पर्ने देखिन्छ।
मुख्यतया वैदेशिक रोजगारी ठगी
अपराध अनुसंधान तथा कारबाही वैदेशिक रोजगार बिभागबाट हुने र यस्ता मुद्दा अनुसूची
१ भित्र नपर्दा नेपाल प्रहरीले ठगी कार्यमा सङ्लग्न हरुलाई पक्राउ गर्न विभिन्न
समस्या देखाई कतिपय अवस्थामा आनाकानी समेत गर्दा पिडित झनै, पिडित
भएको र परामर्शदाताको रुपमा खोलिएका कन्सल्टेन्सीहरुले गैरकानुनी रुपमा वैदेशिक रोजगारिको समेत काम गरेको र धेरै
कन्सल्टेन्सी दर्तै नभएर संचालनमा रहेर काम गर्दा बेरोजगार युवा युवती ती
कन्सल्टेन्सीबाट समेत ठगिनेको संख्या बढ्दो छ। तसर्थ; यहाँको
पहल बाट नेपाल प्रहरीले नागरिकका यस्ता समस्याबाट जोगिन र न्याय उपलब्ध गर्नको
लागि राज्यको कानुन कार्यान्वयन गर्ने एक
मुख्य भुमिका रहेको नेपाल प्रहरीबाट हुने अपेक्षा सहित निम्न कुरामा १७
बुँदे ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्र निम्न अनुसार छन्;
१.)
वैदेशिक
रोजगारिको क्रममा विशेशत युरोप पठाउने भनी धेरै ब्यक्तिलाई मेनपावर समेतबाट
डिपोजिट रकम उठाएर रकम फिर्ता नदिने, रकम उठाएर भाग्ने
र उक्त काम ब्यक्तिगत समेत हुने गरेकोले त्यस्तो गर्ने उपर कारबाही गर्न र पक्राउ
पुर्जी जारी भएकाको हकमा नेपाल भर रहेका प्रहरी युनिटलाइ पक्राउ गरिदिनको लागि
परिपत्र गर्नुहुन ।
२.) ब्यक्तिगत
रुपमा विभिन्न online , सामाजिक संजाल मार्फत बिज्ञापन गरि प्रलोभनमा पारेर
रकम उठाउने र भनेको काम नगरी बेपत्ता हुदा त्यस्ता अपराधको अनुसंधान तथा कारबाहीमा
वैदेशिक रोजगार बिभागको क्षमताले नभ्याउदा धेरै ठुलो संख्यामा पिडित भएकोले यस्ता
अपराध नियन्त्रण तथा कारबाहीको लागि छुट्टै ईकाइ गठन गरि वैदेशिक रोजगार बिभाग संग
समन्वय गरि पिडितलाइ न्याय दिलाउन पगल गर्नु हुन।
४.) अहिले पनि
राज्यको निकाय सङ्ग दर्ता भएका कन्सल्टेन्सी को विवरण मात्र भएको र दर्ता नभएका consultancy के कति
संख्यामा छन? परामर्शदाता
कम्पनीहरुले के -कसरी ठगी रहेका छ्न्, भन्ने
कुरामा राज्य बेखबर जस्तै देखिएकोले दर्ता नभै संचालित कन्सल्टेन्सीहरुलाई आबस्यक
कारबाही गरि पिडितहरुलाई थप ठगिनबाट जोगाउनु हुन।
५.) बिगत ८
देखि
९ बर्ष अघि दर्ता नभएका कन्सल्टेन्सीहरुलाई उपत्यका अपराध अनुसंधान कार्यालयले
कारबाही गर्दा त्यस्ता अपराधमा न्यूनीकरण भएको सन्दर्भ स्मरण गर्दै बिगतमा जस्तै
कारबाही प्रक्रिया अघि बढाउनु हुन।
६.) दर्ता भएका
कन्सल्टेन्सीहरुको काम विद्यार्थीहरुलाई परामर्श दिने मात्र भएकोमा आफुहरुले गर्न
नमिल्ने काम भिजिट भिसा मार्फत रकम लिएर
मेनपावरको जस्तै काम गरि रहेको देखिन्छ।जसले गर्दा ठूलो संख्यामा पिडित
भएकोले बिभागको समन्वयमा अनुगमन गरि
कानुनी दायरामा ल्याउनु हुन।
७.) कानुनी प्रकृया
परागरी रोजगारीमा जादा ‘फ्री
भिसा/ फ्री टिकट’ भए पनि
कार्यान्वयनमा खाडी मुलुक जान डेढलाख देखि ७ लाख र युरोप जान ९-१५ लाख सम्म उठाएर
रसिद समेत नदिदा एकातिर पिडित ठगिदा कानुनी कारबाहिमा समस्या भएको र अर्को तर्फ
नेपाल सरकारले राजस्व समेत गुमाएको हुदा यस्तो कानुन कडारुपमा कार्यान्वयन गराउनु
हुन।
८.) वैदेशिक रोजगार
बिभागमा दलालहरुको बिगबिगी हुदा पिडित थप पिडामा परेको देखिँदा त्यस्ता कार्य
निरुत्साहित गर्न तर्फ आबस्यक पहल गर्नुहुन।
९.) बिदेशमा
रोजगारीमा गएका हाम्रा युवा युवती त्यस देशको धर्म , संस्कृति र
भाषामा निपुर्ण नहुदा अज्ञानता बस जेलमा पर्ने गरेका छ्न त्यो संख्या ठूलो भएकोले
त्यस्ता देशका प्रहरी अधिकारी संग समन्वय गर्न
१० हजार भन्दा बढी श्रमिक भएका मुलुकमा प्रहरी श्रम सहचारी समेत राख्ने
ब्याबस्था मिलाउन पहल गर्नु हुन।
१०.) कुबेत र ओमान
जस्ता मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा प्रतिबन्ध गरिएको तर भिजिट भिसा खुकुलो पार्दा भिजिट
भिसामा दुबइ लगेर त्यहाँबाट सप्लाइ गरिदा
महिला झन जोखिममा परेकोले भिजिट भिसालाई उद्देश्य अनुकुल मात्र मापदण्ड बनाएर
जोखिम रोक्नु हुन।(अहिले पनि करिब एक हजार
महिला त्यसरी अलपत्र अबस्थामा रहेको)
११.) बिदेश पठाउने नाममा अबैध असुलि ठूलो मात्रामा
चलाएका कन्सटेन्सी र मेनपावरलाई कानुनी दायरामा ल्याइ सम्पत्तीशुद्धिकरण समेतमा
कारबाही प्रक्रिया बढाउनु हुन ।
१२.) राम्रो गरेका
मेनपावर ब्याबसायीहरुको पहिचान गरि त्यस्ता ब्याबसायिहरुलाई प्रोत्साहन योजना बनाउन नेपाल सरकारलाई सुझाब
दिनुहुन।
१३.) online ठगी, सामाजिक
संजालको दुरुपयोगबाट हुने अपराध , लागुऔषध
दुर्ब्यसनी र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको मुख्य माध्याम जनचेतना नै
भएकोले यस्ता अपराध नियन्त्रण तथा न्यूनीकरणमा संस्थागत पहल गर्नु हुन।
१४.) वैदेशिक रोजगार
ऐन २०६४ को दफा ४३ अन्तर्गत हुने ब्यक्तिगत ठगी अपराध धेरै मात्रामा उच्च प्रबिधिको प्रयोग द्वारा
भैरहेको ले त्यस्ता अपराधको अनुसंधान तथा कारबाही गर्न वैदेशिक रोजगार बिभाग
पुर्णत असफल हुदा ठूलो संख्यामा नागरिक पिडित भएको र ब्यक्तीले न्याय पाउन पनि
दुरदराजबाट काठमाडौ स्थित बिभागमै आउनु पर्दा आर्थिक ब्ययभार समेत धान्न नसक्ने
न्यायको अनिश्चितताले नागरिकले राज्यप्रती नै आक्रोसित हुने त्यसको निशानामा
अग्रभागमा खटिने प्रहरी नै पर्ने हुदा त्यस्ता काम निरुत्साहित गर्न त्यस्ता
मुद्दा नेपाल प्रहरीले अनुसंधान तथा कारबाही गर्ने कानुनी प्रक्रिया मिलाउन पहल
गर्नु हुन।
पुनश्च : यहाँको बिगतका काम कारबाही र यहाँको ब्याबसायिकताको कारण यस्ता सकारात्मक पहलकदमी हुने छ्न र त्यस्ता पहलकदमी लिदा "सरोकार केन्द्र " सधै साथमा रहने प्रतिबद्धता समेत ब्यक्त गर्दछौ।