मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

आज राजधानी काठमाडौँमा नेकपा एमालेको जनप्रदर्शन र जनसभा

banner add
writter
शनि, ०६ मंसिर २०८२
(Shares)

काठमाडौँ । आज राजधानी काठमाडौँमा नेकपा एमालेले शक्ति प्रदर्शनसहित व्यापक जनप्रदर्शन र जनसभा आयोजना गरेको छ। विभिन्न क्षेत्र, संगठन र भातृसंस्थाबाट आएका सहभागीहरूले जुलुससहित केन्द्रिय सभास्थलतर्फ प्रस्थान गरेका छन्।

पार्टीका शीर्ष नेतृत्वले वर्तमान राजनीतिक परिदृश्य, सरकारप्रतिको असन्तुष्टि, आगामी राजनीतिक रणनीति र जनस्तरका मुद्दाबारे सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

जनसमूहको भीड बढेसँगै काठमाडौँका मुख्य सडक क्षेत्रमा ट्राफिक व्यवस्थापन कड़ा बनाइएको छ भने सुरक्षाको तयारी पनि थप कडाइका साथ गरिएको छ।

भदौ २३ र २४ गतेको आन्दोलनपछि सडकमा राजनीतिक दलका कार्यक्रमहरु घटिरहँदा नेकपा एमालेले भने वडा, पालिका, जिल्लाका सदरमुकाम हुँदै आज शनिबार काठमाडौँमा केन्द्रीयस्तरको कार्यक्रम गरेर जनप्रदर्शन गर्ने भएको छ । जनप्रदर्शनपछि जनसभा पनि आयोजना गरिएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा कार्यक्रम हुन लागेको हो । एमालेले यसलाई ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भनेको छ । जनसभा भृकुटी मण्डपमा हुनेछ । 

एमालेका नेता,कार्यकर्ता,जनसंगठन,सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ । प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने बताइएको छ । जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म उपस्थिति जनाउन खोजेको एमालेले आजको जनसभालाई एमालेले आन्तरिक शक्ति मजबुत भएको सन्देश दिने कार्यक्रमका रुपमा पनि लिएको छ । एमालेले संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भन्दै आएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर