आइत, ०६ पुस २०८२ / December 21, 2025, Sunday
आइत, ०६ पुस २०८२
Advertisement
banner add

चालू खाता २७९ अर्बले बचतमा, २० महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति

writter
मङ्गल, ०१ पुस २०८२
(Shares)

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनासम्मको अवधिमा चालु खाता दुई खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोडले बचतमा रहेको छ ।

यस अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको थियो ।

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई २०८२ कात्तिक मसान्तमा ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ ।

ads

सम्बन्धित खबर