बुध, ०४ कात्तिक २०८३ / October 21, 2026, Wednesday
बुध, ०४ कात्तिक २०८३
Advertisement
banner add

दसैँको टीका आज

banner add
writter
बुध, ०४ कात्तिक २०८३
(Shares)

काठमाडौं : बडादसैँ अर्थात् विजयादशमीको मुख्य दिन आज मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदै छ। आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमी असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक हो।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज बिहान १०:२६ बजे टीका लगाउने उत्तम साइत रहेको छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन साइत खोज्न आवश्यक नरहेको समितिले जनाएको छ। तर राज्य सञ्चालकका लागि भने साइतमै टीका लगाउने परम्परा रहेको छ।

आज घटस्थापनाका दिन स्थापना गरिएको कलशको जलबाट अभिषेक गरी नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ। समितिका अनुसार आज बिहान ८:४९ बजे देवी विसर्जनको साइत रहेको छ।

धर्मशास्त्रीय मान्यताअनुसार आज टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनुपर्छ भने टीका लगाइदिने व्यक्ति पूर्व फर्कनुपर्छ। चन्द्रमाको अवस्थाका आधारमा यस्तो दिशा निर्धारण गरिएको धर्मशास्त्रविद्हरू बताउँछन्।

आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। कतिपय समुदायमा भने कुल परम्पराअनुसार सेतो टीका लगाउने चलनसमेत रहेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर