आइत, १३ वैशाख २०८३ / April 26, 2026, Sunday
आइत, १३ वैशाख २०८३
Advertisement
banner add

मनोहरा सुकुम्वासी बस्ती हटाउने अभियान पुनः सुरु, बिहानैदेखि डोजर परिचालन

banner add
writter
आइत, १३ वैशाख २०८३
(Shares)

काठमाडौं । काठमाडौं र भक्तपुरको सीमाक्षेत्र मनोहरामा रहेको सुकुम्वासी बस्ती हटाउने अभियान आइतबार (वैशाख १३) बिहानदेखि पुनः सुरु गरिएको छ। सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने क्रममा स्थानीय प्रशासनले फेरि डोजर परिचालन गरेको हो।

शनिबार साँझ बस्ती हटाउने क्रममा स्थानीयको अवरोधका कारण अभियान केही समयका लागि रोकिएको थियो। डोजर तथा सुरक्षाकर्मीमाथि ढुंगामुढा भएपछि स्थिति तनावग्रस्त बनेको थियो र कार्य स्थगित गरिएको थियो।

आइतबार बिहानदेखि भने सुरक्षा व्यवस्थालाई थप कडा बनाउँदै अभियानलाई निरन्तरता दिइएको छ। मनोहरा खोला किनारमा बनेका अस्थायी तथा स्थायी संरचना हटाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुरका सुरक्षाकर्मीका साथै काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोली पनि स्थलमा खटिएको छ। बस्ती क्षेत्रमा पक्की घरसहित विभिन्न संरचना निर्माण गरिएको भेटिएको छ।

यसअघि सरकारले थापाथली र गैरीगाउँ क्षेत्रमा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न गरिसकेको छ भने मनोहरा क्षेत्रमा पनि सार्वजनिक जग्गा संरक्षण र व्यवस्थापनका लागि अभियान अघि बढाइएको जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर