शनि, १९ वैशाख २०८३ / May 2, 2026, Saturday
शनि, १९ वैशाख २०८३
Advertisement
banner add

विष्णुमती किनारमा डोजर रोकियो : लालपुर्जाको दाबीपछि छानबिन सुरु

banner add
writter
शनि, १९ वैशाख २०८३
(Shares)

काठमाडौंको नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउने क्रममा पुगेको डोजर स्थानीयको विरोधपछि रोकिएको छ।

त्यहाँ बसोबास गर्दै आएका करिब १०–१२ घरधुरीले आफ्नो जग्गामा वैधानिक लालपुर्जा रहेको दाबी गरेपछि काम तत्कालका लागि स्थगित गरिएको हो। डोजर पुगेपछि स्थानीयले कागजात प्रस्तुत गर्दै घर भत्काउन नदिने अडान लिएपछि अवस्था जटिल बनेको थियो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, विवादित जग्गाको वास्तविकता बुझ्न सरकारी टोली खटाइएको छ। “केही व्यक्तिहरूले आफ्नो हकभोग भएको भन्दै लालपुर्जा देखाएको अवस्था छ, त्यसको यथार्थता जाँच्न टोली पठाइएको हो,” उनले बताए।

उनका अनुसार, काठमाडौं महानगरपालिका, नापी कार्यालय, मालपोत, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित ८ सदस्यीय टोली घटनास्थलमा खटिएको छ।

सरकारी टोलीले कागजात र तथ्यहरू प्रमाणित गरेपछि मात्रै थप निर्णय लिइने जनाइएको छ। हालका लागि उक्त क्षेत्रमा डोजर सञ्चालन रोकिएको छ र स्थानीय तथा प्रशासनबीच छलफल जारी रहेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर