शनि, १२ वैशाख २०८३ / April 25, 2026, Saturday
शनि, १२ वैशाख २०८३
Advertisement
banner add

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन, सामान सार्न प्रहरीको सहयोग

banner add
writter
शनि, १२ वैशाख २०८३
(Shares)

बागमती नदी किनारअन्तर्गत थापाथली क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाउने कार्य शनिबारदेखि सुरु गरिएको छ। सार्वजनिक जग्गा तथा नदी कोरिडोर अतिक्रमण गरेर निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउने सरकारी अभियानअनुसार स्काभेटर तथा डोजर परिचालन गरिएको हो।

बस्ती खाली गराउने क्रममा कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन ठूलो सङ्ख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ। अघिल्ला प्रयासहरूको तुलनामा यसपटकको अवस्था अपेक्षाकृत शान्त र व्यवस्थित देखिएको छ।

स्थलमा खटिएका सुरक्षाकर्मीहरूले बस्तीवासीहरूको दैनिक उपयोगका सामग्री सुरक्षित रूपमा स्थानान्तरण गर्न सक्रिय सहयोग गरिरहेका छन्। घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यान लगायतका आवश्यक सामग्रीहरू क्षति हुन नदिन प्रहरी आफैँले बोकेर सुरक्षित स्थानमा सारिरहेको देखिएको छ।

यसअघि सोही क्षेत्रमा संरचना हटाउने प्रयास हुँदा स्थानीय र सुरक्षाकर्मीबीच झडप तथा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। तर यसपटक प्रशासनले सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै बस्ती खाली गराउने नीति अपनाएको देखिन्छ।

सम्बन्धित निकायहरूले यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गर्दै बस्ती खाली गर्न आग्रह गर्दै आएका थिए। बागमती नदी कोरिडोर निर्माण तथा बागमती सभ्यता संरक्षणको दीर्घकालीन योजनाअन्तर्गत उक्त क्षेत्रका संरचनाहरू हटाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर