शुक्र, ११ वैशाख २०८३ / April 24, 2026, Friday
शुक्र, ११ वैशाख २०८३
Advertisement
banner add

लेटाङमा ड्रोन प्रविधि शुभारम्भ, प्रहरी सेवालाई आधुनिक बनाउने लक्ष्य

banner add
writter
शुक्र, ११ वैशाख २०८३
(Shares)

  इलाका प्रहरी कार्यालय, लेटाङले शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा आपतकालीन प्रतिक्रिया कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आधुनिक प्रविधियुक्त ड्रोन उपकरणको औपचारिक शुभारम्भ गरेको छ ।

  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ड्रोन प्रविधिको समुद्घाटन गरिएको हो । कार्यक्रममा प्रहरी अधिकारी, राजनैतिक दलका प्रतिनिधिज्यूहरु, उद्योग बाणिज्य संघका पदाधिकारीज्यूहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिज्यूहरु, स्थानीय प्रतिनिधि, बिभिन्न संग तथा सञ्चारकर्मीहरू लगायतको उल्लेखनिय उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले आधुनिक प्रविधिको प्रयोगले दुर्गम क्षेत्रमा समेत प्रभावकारी निगरानी, अपराध नियन्त्रण तथा खोज-उद्धार कार्यलाई सुदृढ बनाउँदै शान्ति-सुरक्षा व्यवस्थामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो भने यसले प्रहरी कार्यलाई समेत थप चुस्त, प्रविधिमैत्री र परिणाममुखी बनाउँदै “अपराध जहाँ भए पनि निगरानीबाट उम्कन नसक्ने” स्पष्ट सन्देश प्रवाह गर्ने बताउनुभयो ।

 इलाका प्रहरी कार्यालय, लेटाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक सागर साहले लेटाङ क्षेत्रको भौगोलिक जटिलता र बढ्दो सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै ड्रोन प्रविधि आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले यस प्रविधिले प्रहरी कार्यलाई छरितो, सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो भने शान्ति-सुरक्षा, अपराध अनुसन्धान, ट्राफिक निगरानी तथा आपतकालीन अवस्थामा शीघ्र प्रतिक्रिया सुनिश्चित गर्ने लगायतका दैनिक प्रहरी कार्यमा उल्लेखनीय सुधार आउने अपेक्षा समेत गरिएको जानकारी दिँदै यसको प्रयोग केवल प्रहरी काम कारवाहीमा मात्र सीमित रहने र प्रयोगका क्रममा व्यक्तिको गोपनीयता तथा मानवअधिकारको पूर्ण पालना गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

  कार्यक्रमको समापनमा जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालज्यूले कार्यक्रमको सफल आयोजना, प्रभावकारी व्यवस्थापन तथा गरिमामय सहभागिताका लागि प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस किसिमका प्रविधिमैत्री पहलहरूलाई सफल बनाउन सबै पक्षको सहयोग, समन्वय र सहभागिता अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्दै आगामी दिनहरूमा समेत यस्तै सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । साथै, उहाँले ड्रोन प्रविधिको प्रभावकारी प्रयोगमार्फत शान्ति-सुरक्षा व्यवस्थापनमा थप सुदृढता आउने विश्वास समेत व्यक्त गर्नुभयो 

कार्यक्रममा उपस्थित सहभागीहरूले यो प्रविधिमैत्री कदमलाई स्वागत गर्दै प्रहरी सेवामा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरेका छन् ।

ads
ads
add
banner add

सम्बन्धित खबर