मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

बझाङमा भूकम्पको धक्का

banner add
writter
बुध, २९ असोज २०८२
(Shares)

काठमाडौं । बझाङमा गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ बजेर ८ मिनेट जाँदा बझाङमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको गएको हो।

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्रमा रहेको केन्द्रले जनाएको छ। मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो।

भूकम्पको धक्का बझाङ आसपासका अन्य जिल्लाहरुमा समेत महसुस गरिएको छ। स्थानीय प्रहरीले भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ।

यही असोज १० गते रामेछापको भटौली केन्द्रबिन्दु भएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो।

ads
ads
add
banner add

सम्बन्धित खबर