मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

मुख्यमन्त्री इन्द्र बानियाद्वारा सम्पादक बगाले ‘जिनियस पत्रकारिता अवार्ड २०८२’ बाट सम्मानित

banner add
writter
शनि, २९ कात्तिक २०८२
(Shares)

काठमाडौं । विगत २६ वर्षदेखि निरन्तर सत्य, निष्पक्ष र जनमुखी पत्रकारितामा समर्पित जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेलाई ‘जिनियस कम्युनिकेशन अवार्ड २०८२’ बाट सम्मानित गरिएको छ।

नेपाल प्रहरी क्लबको सभाहलमा बुधबार सम्पन्न विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले बगालेलाई सम्मानपत्र र स्मृतिचिन्ह प्रदान गर्नुभयो।

मुख्यमन्त्री बानियाले बगालेको दीर्घ पत्रकारिता योगदानको प्रशंसा गर्दै भन्नुभयो,

> “समाजमा सत्य उजागर गर्ने, जनताको आवाज बन्‍ने र प्रवासी नेपाली समुदायलाई मातृभूमिसँग जोड्ने कार्यमा बगालेजस्तो पत्रकारका कारण नेपाली सञ्चारको स्तर विश्वभर पहिचान बनिरहेको छ।”

सम्मान ग्रहणपछि बगालेले भावुक हुँदै भन्नुभयो,

“पत्रकारिता केवल पेशा होइन, यो समाज परिवर्तनको अभियान हो। म अझै जिम्मेवार र निष्ठावान् भएर देश र प्रवासका नेपालीको आवाज बन्ने प्रयत्नलाई निरन्तरता दिन्छु।”

२६ वर्षको निरन्तर पत्रकारिता यात्रा

रामजी बगालेले आफ्नो पत्रकारिता यात्राको सुरुवात साना स्थानीय पत्रिकाबाट गर्नुभएको थियो। हाल उहाँ जनसवाल राष्ट्रिय दैनिक, जनसवाल टेलिभिजन र www.janasawal.com का अध्यक्ष तथा सम्पादक हुनुहुन्छ।

उहाँको नेतृत्वमा जनसवाल राष्ट्रिय दैनिकले नेपालमा श्रेणी ‘ए’ राष्ट्रिय दैनिकको मान्यता प्राप्त गरेको छ।

अन्तर्राष्ट्रिय अनुभव र योगदान

बगालेले अहिलेसम्म बिश्वका ८३ देशमा पुगि स्थलगत रिपोर्टिङ र तेहा रहेका नेपाली समुदायको हकहितमा कलम चलाउनुभएको छ। नेपालका मुद्दालाई विश्व मञ्चमा पुर्‍याउने उद्देश्यले उहाँले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन, सम्मेलन र वैदेशिक भ्रमणमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ।

साथै, सन् २००३ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना अभियानमा संस्थापक टोलीका रूपमा उहाँको भूमिका ऐतिहासिक मानिन्छ। अहिले पनि उहाँ एनआरएनए आवाज विश्वभर फैलाउन र उनिहरुको लगानी स्वदेश भित्र्याउन कृर्याशिल हुनुहुन्छ।

पत्रकारिता र सामाजिक उत्तरदायित्व

बगालेले पत्रकारितामार्फत प्रदेशमा बसेका गैराआवासीय नेपाली, वैदेशिक रोजगार, राष्ट्रिय एकता, सुशासन, मानवअधिकार र सामाजिक उत्तरदायित्वका मुद्दाहरूलाई निरन्तर उठाउँदै आउनुभएको छ।

समाजसेवी मनका धनी बगालेले शिक्षाको पहुँचविहीन बालबालिकालाई सहयोग, विपद्को समयमा राहत संकलन र पत्रकार हकहितका अभियानहरूमा पनि अग्रणी भूमिका खेल्दै आउनुभएको छ।

समाज र पत्रकारिता क्षेत्रका लागि प्रेरणा

‘जिनियस पत्रकारिता अवार्ड २०८२’ ले बगालेको २६ वर्षको समर्पित पत्रकारिता यात्राको कदर मात्र होइन, भावी पुस्ताका लागि प्रेरणाको स्रोत समेत बनेको आयोजकले बताएका छ्न ।

ads
ads
add
banner add

सम्बन्धित खबर