सोम, ०४ जेठ २०८३ / May 18, 2026, Monday
सोम, ०४ जेठ २०८३
Advertisement
banner add

तराईमा अत्यधिक गर्मी, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

banner add
writter
सोम, ०४ जेठ २०८३
(Shares)

आज देशका विभिन्न भूभागमा मौसमको स्वरूप फरक–फरक रहने मौसम पूर्वानुमान गरिएको छ। तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने भए पनि पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमानअनुसार आज सबैभन्दा बढी गर्मी नेपालगन्जमा महसुस हुनेछ। त्यहाँको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। त्यसैगरी धनगढी, दिपायल र भैरहवामा पनि तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्नेछ। यी क्षेत्रमा दिउँसोको मौसम अत्यन्त तातो रहने बताइएको छ।

वीरेन्द्रनगर, घोराही, सिमरा र जनकपुरमा अधिकतम तापक्रम ३४ देखि ३७ डिग्री सेल्सियससम्म रहने सम्भावना छ। तराईका अधिकांश भूभागमा रातिको मौसम भने मुख्यतया सफा रहने जनाइएको छ।

यता, तापक्रम वृद्धि भइरहेका बेला पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना देखिएको छ। पोखरा, धनकुटा र ताप्लेजुङमा दिउँसो मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। विशेषगरी पोखरा र ताप्लेजुङमा वर्षाको सम्भावना ४० प्रतिशतसम्म रहेको उल्लेख गरिएको छ।

काठमाडौँ, ओखलढुङ्गा, विराटनगर, जोमसोम र जिरीमा पनि दिउँसो हल्का वर्षा हुने सम्भावना रहेको छ। यी क्षेत्रमा मेघगर्जन र चट्याङको प्रभाव समेत देखिन सक्ने बताइएको छ।

रातिको समयमा पनि पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, जिरी र ताप्लेजुङमा हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना रहेको छ। विराटनगर र जोमसोममा भने आंशिक बदली मात्र रहने अनुमान गरिएको छ।

डडेल्धुरा, जुम्ला र धरान क्षेत्रमा भने वर्षाको सम्भावना नरहे पनि मौसम आंशिक बदली रहने जनाइएको छ। जुम्लामा आज सबैभन्दा कम तापक्रम रहने अनुमान गरिएको छ, जहाँ अधिकतम तापक्रम २७ देखि २९ डिग्री तथा न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियस रहनेछ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर