मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाइने

banner add
writter
बुध, २३ वैशाख २०८३
(Shares)

काठमाडौं । सरकारले आगामी वैशाख २८ गते सोमबारदेखि संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले सोही मितिमा अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार यसअघि वैशाख १७ गते अधिवेशन आह्वान गर्ने सिफारिस गरिएको भए पनि पछि मिति परिवर्तन गर्दै वैशाख २८ तय गरिएको हो।

राष्ट्रपतिबाट अधिवेशन आह्वान भइसकेपछि पनि सरकारले पुनः स्थगित गरी नयाँ मिति तय गरेको बताइएको छ। यसबीच सरकारले केही अध्यादेशसमेत जारी गरेको छ।

अध्यादेश जारी भइसकेपछि नयाँ मितिमा संसद् अधिवेशन बोलाउने निर्णय गरिएको हो। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सरकारको सिफारिसमा संसद् अधिवेशन आह्वान गर्ने प्रावधान रहेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर