मङ्गल, २७ असोज २०८३ / October 13, 2026, Tuesday
मङ्गल, २७ असोज २०८३
Advertisement
banner add

अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको बैठकमा सहभागी हुन बैंकक जाँदै

banner add
writter
मङ्गल, २७ असोज २०८३
(Shares)

काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दै छन्।उनी मंगलबार दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्समार्फत बैंकक जाने कार्यक्रम छ।

बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउनेछन्।उनको टोलीमा अर्थसचिव डा. घनश्याम उपाध्याय, सहसचिव अमृत लम्साललगायत अधिकारीहरू सहभागी हुनेछन्। अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर