सोम, २८ वैशाख २०८३ / May 11, 2026, Monday
सोम, २८ वैशाख २०८३
Advertisement
banner add

त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको चक्कामा आगो, सबै यात्रु सुरक्षित

banner add
writter
सोम, २८ वैशाख २०८३
(Shares)

काठमाडौँ– Tribhuvan International Airport मा अवतरण गर्ने क्रममा Turkish Airlines को जहाजको चक्कामा आगो लागेको छ ।

सोमबार बिहान इस्तानबुलबाट काठमाडौं आएको उक्त विमान ल्याण्ड गर्ने क्रममा अचानक पाङ्ग्राबाट आगो निस्किएको विमानस्थल स्रोतले जनाएको छ ।

घटनापछि विमानस्थलभित्र तत्काल दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो । विमानमा रहेका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको बताइएको छ ।

विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य सवार थिए । आगलागीपछि यात्रुहरुलाई इमर्जेन्सी ढोका प्रयोग गरेर सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

ads
ads
add
banner add

सम्बन्धित खबर