शुक्र, २५ वैशाख २०८३ / May 8, 2026, Friday
शुक्र, २५ वैशाख २०८३
Advertisement
banner add

यस वर्ष मनसुनमा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान

banner add
writter
शुक्र, २५ वैशाख २०८३
(Shares)

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका धेरै क्षेत्रमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। विभागअन्तर्गतको जलवायु विज्ञान महाशाखाले जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको मनसुन अवधिको जलवायु विश्लेषण सार्वजनिक गर्दै वर्षा घट्ने तथा देशभर अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा माथि पुग्ने जनाएको हो।

महाशाखाका अनुसार कर्णाली प्रदेशको दक्षिणी क्षेत्र, लुम्बिनीका अधिकांश भाग, मधेस प्रदेशको पूर्वी क्षेत्र तथा कोशी प्रदेशको दक्षिणी भूभागमा औसतभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ। त्यस्तै, सुदूरपश्चिमका अधिकांश स्थान, मधेसको पश्चिमी भाग र कोशीको मध्य क्षेत्र पनि कम वर्षाको जोखिममा रहेको विभागले उल्लेख गरेको छ, जहाँ ४५ देखि ५५ प्रतिशतसम्म कम पानी पर्ने अनुमान गरिएको छ।

यता, कर्णाली र कोशी प्रदेशका उत्तरी क्षेत्रमा भने औसत वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको जनाइएको छ। बाँकी अधिकांश क्षेत्रमा पनि औसतभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आँकलन छ।

तापक्रमतर्फ हेर्दा देशभर गर्मी बढ्ने संकेत देखिएको छ। विभागका अनुसार सुदूरपश्चिमको उत्तर–पूर्वी क्षेत्र, कर्णालीको उत्तरी भाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तर–पूर्वी तथा दक्षिणी क्षेत्र, बागमतीको पश्चिमी भाग, मधेसको पूर्वी र पश्चिमी क्षेत्र तथा कोशीको पूर्वी र दक्षिणी भूभागमा अधिकतम तापक्रम औसतभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ।

त्यसैगरी, कोशीको मध्य भाग र सुदूरपश्चिमको पूर्वी क्षेत्रमा अधिकतम तापक्रम औसतभन्दा माथि रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने अन्य क्षेत्रहरूमा ४५ देखि ५५ प्रतिशतसम्म तापक्रम वृद्धि हुने अनुमान गरिएको विभागले जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर