मङ्गल, २६ साउन २०८३ / August 11, 2026, Tuesday
मङ्गल, २६ साउन २०८३
Advertisement
banner add

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटी

banner add
writter
मङ्गल, २६ साउन २०८३
(Shares)

काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतमा मंगलबार कार्कीको बयान कार्य सम्पन्न भएपछि भएको थुनछेक बहसपछि अदालतले उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा कार्की प्रतिवादी रहेका छन्।

अदालतको आदेशसँगै कार्कीले तोकिएको धरौटी रकम बुझाएर तारेखमा बस्न पाउनेछन्। अख्तियारले विमानस्थल निर्माणका क्रममा मूल खरिद सम्झौताविपरीत चिनियाँ ठेकेदार कम्पनीलाई कर छुट दिई राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याइएको निष्कर्षसहित कार्कीलगायतविरुद्ध आरोपपत्र दायर गरेको थियो।

ads
ads
add
banner add

सम्बन्धित खबर