काठमाडौं ।—तीज
पर्वलाई केवल उत्सव र मनोरञ्जनमा सीमित नराखी नेपाली संस्कृति, युवा प्रतिभा र विपद् प्रभावित समुदायप्रतिको
सामाजिक जिम्मेवारीसँग जोड्ने उद्देश्यले Global Cultural Expedition Foundation (GCEF) ले‘ GCEF Teej for Nepal 2026 – National
School & College Cultural Championship’ आयोजना गर्ने भएको छ।‘Celebrate Nepali Culture Stand with Nepal’ भन्ने मूल सन्देशसहित सञ्चालन
हुने अभियानमा देशभरका विद्यालय तथा कलेजका विद्यार्थीले एकल गायन, समूह गायन, एकल नृत्य र समूह नृत्य विधामा सहभागिता जनाउन सक्नेछन्।
बाढी प्रभावितका लागि प्रत्यक्ष सहयोग, यस वर्षको अभियानको मुख्य विशेषता तीज उत्सवसँगै बाढी तथा
विपद्बाट प्रभावित नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत सहयोगमा योगदान
पुर्याउनु रहेको GCEF ले जनाएको छ।
प्रतियोगितामा सहभागी हुनेले एकल विधाका लागि रु. १ हजार र समूह विधाका लागि
रु. ४ हजार नेपाल सरकारको तोकिएको प्रधानमन्त्री राहत कोष/विपद् राहत कोषमा
प्रत्यक्ष जम्मा गर्नुपर्नेछ। GCEF
ले उक्त
रकम आफ्नो खातामा संकलन नगर्ने जनाएको छ।
सहभागीले रकम जम्मा गरेपछि प्राप्त आधिकारिक भुक्तानी रसिद वा Transaction Statement GCEF लाई प्रमाणका रूपमा
बुझाउनुपर्नेछ।‘प्रत्यक्ष भुक्तानी
गरौँ। प्रमाण पठाऔँ। बाढी प्रभावितका लागि सहयोग गरौँ। नेपालका लागि सहभागी बनौँ। भन्ने सन्देश
अभियानले अघि सारेको छ।
स्थानीय प्रतिभादेखि राष्ट्रिय मञ्चसम्म;
प्रतियोगितामा
सहभागी विद्यालय तथा कलेजले विद्यार्थी प्रतिनिधि छनोट गरी उनीहरूको सांस्कृतिक
प्रस्तुति सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेछन्। GCEF को निर्णायक समितिले प्रतिभा, प्राविधिक प्रस्तुति, सांस्कृतिक मौलिकता, सिर्जनशीलता, प्रस्तुति तथा समग्र
प्रभावका आधारमा मूल्याङ्कन गर्ने जनाएको छ।
प्रतियोगिताको विजेता छनोट गर्दा Likes, Views वा Followers
लाई
मात्र आधार नबनाइने आयोजकले स्पष्ट पारेको छ।उत्कृष्ट प्रतिभाहरू काठमाडौंमा
आयोजना हुने राष्ट्रिय ग्रान्ड फिनालेका लागि छनोट हुनेछन्। चारवटै विधामा
राष्ट्रिय विजेता घोषणा गरी ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताभन्दा माथि सामाजिक अभियान;
GCEF का
अनुसार तीज नेपाली संस्कृतिको महत्वपूर्ण पर्व भएकाले यस वर्षको उत्सवलाई सामाजिक
जिम्मेवारीसँग जोड्ने प्रयास गरिएको हो।
आयोजकले हरेक विद्यार्थीको प्रस्तुति नेपाली संस्कृतिको पहिचान बन्न सक्ने, हरेक विद्यालय तथा कलेज राष्ट्रिय एकताको
प्रतिनिधि बन्न सक्ने र हरेक सहभागिता बाढी प्रभावित परिवारप्रतिको ऐक्यबद्धताको
सन्देश बन्न सक्ने जनाएको छ।
अभियानमा विद्यालय, कलेज, विद्यार्थी, शिक्षक, अभिभावक, कलाकार, सञ्चारमाध्यम तथा सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन GCEF ले आह्वान गरेको छ।
दर्ता विवरण
अभियान: GCEF Teej for
Nepal 2026,आयोजक:
Global Cultural Expedition
Foundation (GCEF), दर्ताको
अन्तिम मिति: २७ भदौ २०८३, राष्ट्रिय ग्रान्ड फिनाले: काठमाडौं, मुख्य सन्देश: Celebrate Nepali Culture • Stand with
Nepal
दर्ता फारम :https://docs.google.com/forms/d/e/1FAIpQLSfPBaU84kXVN2MBdHmK3AZ9liLOXJzqIIozg_TRwqeCrJ0Mww/viewform?usp=header