आइत, २४ जेठ २०८३ / June 7, 2026, Sunday
आइत, २४ जेठ २०८३
Advertisement
banner add

सुनचाँदीको मूल्य आज पनि घट्यो

banner add
writter
आइत, २४ जेठ २०८३
(Shares)

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनको मूल्य प्रतितोला आठ हजार दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३३५ रुपैयाँले घटेको हो।

महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख आठ सय रुपैयाँ निर्धारण गरेको छ। त्यस्तै, चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँ र चाँदी प्रतितोला पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको हो।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल सुन प्रतिऔँस चार हजार ५०० अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ७७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारको मूल्य तथा विनिमय दरमा हुने परिवर्तनले नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारणमा प्रत्यक्ष प्रभाव पार्ने गरेको व्यवसायीहरूको भनाइ छ।

ads
ads
add
banner add

सम्बन्धित खबर