आइत, २१ असार २०८३ / July 5, 2026, Sunday
आइत, २१ असार २०८३
Advertisement
banner add

बस यात्रामा डिजिटल र सेवामुखी परिवर्तन ल्याउने लक्ष्यसहित गुरूबस सुरु

banner add
writter
आइत, २१ असार २०८३
(Shares)

काठमाडौं, असार २१। नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत गर्दै गुरूबस प्रालिले आफ्नो इन्टरसिटी बस टिकटिङ एप तथा भाडा गाडी सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

 कम्पनीले आफूलाई नेपालको पहिलो Dharmic Travel Ecosystem” का रूपमा परिचित गराउँदै प्रविधि र सेवालाई एउटै संरचनाभित्र समेट्ने प्रयास गरेको जनाएको छ। कार्यक्रमको मुख्य आकर्षणको रूपमा मञ्चको बीचभागमा Eternal Founder” उल्लेख गरिएको श्री कालभैरवको तस्बिर फूलमाला, धुप तथा दियोसहित सजाएर राखिएको थियो।

कार्यक्रममा सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विनय गौतमले कम्पनीको अवधारणा आफूले सिर्जना गरेको नभई आफूलाई देखाइएको र आफू त्यसको कार्यान्वयनकर्ता मात्र भएको बताए।

यो कम्पनी मेरो होइन, उहाँको हो। म उहाँको हात मात्र हुँ,” उनले भने।

अन्य बस बुकिङ प्लेटफर्महरूसँगको भिन्नताबारे प्रश्न गर्दा उनले गुरूबसको उद्देश्य टिकट बिक्रीभन्दा बाहिर सम्पूर्ण यात्राको अनुभवलाई सेवा प्रदान गर्नु रहेको बताए।

यात्रा भनेको केवल टिकट काट्नु होइन; घर छोड्नु, बाटो हिँड्नु, मन्दिर पुग्नु, आफन्त भेट्नु र सकुशल घर फर्किनु हो,” उनले भने।

कम्पनीले आफूलाई बजार प्रतिस्पर्धाभन्दा सेवा केन्द्रित संस्थाको रूपमा परिभाषित गर्दै अन्य प्लेटफर्महरूप्रति सम्मान व्यक्त गरेको छ।

 गुरूबसले आफ्नो स्वामित्व संरचनामा श्री कालभैरवलाई ११ प्रतिशत हिस्सासहित Eternal Founder को हैसियत दिएको जनाएको छ। कम्पनीका अनुसार उक्त हिस्साबाट प्राप्त नाफा मन्दिर संरक्षण, बेवारिसे पशुको स्याहार, वृद्धवृद्धाको सहयोग, अनाथ बालबालिकाको अध्ययन सहयोग तथा पुनर्स्थापनासम्बन्धी सामाजिक कार्यमा खर्च गरिनेछ।

कम्पनीले आजैदेखि सातवटा प्रमुख रुटमा चौध गन्तव्यसम्म इन्टरसिटी बस सेवा सुरु गरेको जनाएको छ। यात्रुहरूले QR टिकट, eSewa, Khalti, FonePay तथा बैंकिङ माध्यमबाट डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

यससँगै व्यक्तिगत तथा समूह यात्राका लागि भाडा गाडी सेवा पनि सुरु गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार भविष्यमा आध्यात्मिक तीर्थयात्रा प्याकेज, ट्रेकिङ, होटल बुकिङ तथा फ्लाइट टिकटिङ सेवा पनि यही प्लेटफर्मभित्र समावेश गरिनेछ।

इन्टरनेट पहुँच नभएका क्षेत्रका यात्रुहरूका लागि WhatsApp, SMS तथा USSD मार्फत बुकिङ सुविधा उपलब्ध गराइने र देशभर एजेन्ट नेटवर्क विस्तार गरिने योजना कम्पनीले सार्वजनिक गरेको छ।

गुरूबसका अनुसार नेपालमा वार्षिक करिब १ करोड ५४ लाख बस यात्रा हुने अनुमान गरिएको छ, जसमध्ये अधिकांश अझै म्यानुअल प्रणालीमा आधारित छन्।

कम्पनीले बस अपरेटरहरूलाई निःशुल्क रूपमा प्लेटफर्ममा आबद्ध गराउने र सफल बुकिङपछि मात्र ८ प्रतिशत कमिसन लिने व्यवसायिक मोडेल अपनाएको जनाएको छ।

कम्पनीले आफ्नो नाराका रूपमा Guaranteed Seat. Secure Payment. 11% Seva. Divine Suraksha. Your Journey Is Divine.” प्रस्तुत गरेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर