बुध, १३ साउन २०८३ / July 29, 2026, Wednesday
बुध, १३ साउन २०८३
Advertisement
banner add

चिकित्सकमाथि आक्रमणको विरोधमा दोस्रो दिन पनि

banner add
writter
बुध, १३ साउन २०८३
(Shares)

स्वास्थ्य सेवा ठप्पकाठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल परिसरमा गरिएको तोडफोडको विरोधमा नेपाल चिकित्सक संघले सुरु गरेको आन्दोलन दोस्रो दिन पनि जारी रहेको छ।

आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिक (इमर्जेन्सी) सेवाबाहेक अन्य सबै स्वास्थ्य सेवा बन्द भएका छन्। ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया तथा अन्य नियमित सेवाहरू पूर्ण रूपमा प्रभावित भएका छन्।

सेवा अवरुद्ध भएपछि उपचारका लागि अस्पताल पुगेका धेरै बिरामी उपचार नपाई घर फर्किन बाध्य भएका छन्।

नेपाल चिकित्सक संघले नारायणी अस्पतालमा भएको आक्रमण र तोडफोडमा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न सरकार उदासीन बनेको आरोप लगाउँदै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर