मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

गृहमन्त्री अर्यालले प्रहरी महानिरीक्षक खापुङलाई गरे बिदाई

banner add
writter
बुध, २६ कात्तिक २०८२
(Shares)

काठमाडौँगृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई औपचारिक रुपमा बिदाई गर्नुभयोगृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा मन्त्री अर्यालले ३० वर्षे सेवा पूरा गरेका खापुङप्रति आभार व्यक्त गर्दै उहाँको योगदानको उच्च मूल्याङ्कन गर्नुभयो।

उक्तै दिन साँझ प्रहरी प्रधान कार्यालयले पनि खापुङको सम्मानमा बिदाई समारोह आयोजना गर्‍यो। गत २०७९ भदौ १९ गते प्रहरी संगठनको कमाण्ड सम्हालेका खापुङले केवल दुई महिना सात दिन नै संगठनको नेतृत्व गर्ने अवसर पाए।

तर यो छोटो अवधिमा नै उहाँको कार्यकाल चुनौतीपूर्ण रह्यो। आईजीपी नियुक्त भएको पाँचौँ दिनमा नै देशभर फैलिएको “जेनजी आन्दोलन” का क्रममा काठमाडौंको नयाँबानेश्वर र इटहरीमा प्रहरीको गोली लागेर दुई किशोरको मृत्यु भयो। त्यसको भोलिपल्टै देशको राजनीतिक परिदृश्य नै उल्टियोकार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टरमार्फत बालुवाटार त्याग्नुपर्‍यो।

खापुङले ७९ हजार ५ सय ४१ जनशक्ति रहेको विशाल संगठनको नेतृत्व गर्दै अस्थिर राजनीतिक परिस्थितिमा प्रहरीको मनोबल कायम राख्ने चुनौती सामना गरे। जेनजी आन्दोलनकै क्रममा ४ सय ६५ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएका मध्ये अहिले ४ सय १ वटा पुनर्स्थापना भइसकेका छन्।

अब मन्त्रिपरिषद्को निर्णयअनुसार कार्तिक २७ गतेदेखि लागू हुने गरी दान बहादुर कार्कीलाई नेपाल प्रहरीको ३३औँ आईजीपी का रूपमा नियुक्त गरिएको छ।

खापुङको कार्यकाल छोटो भए पनि संकटको घडीमा उहाँले देखाएको संयम र संगठनात्मक शिस्त नेपाल प्रहरीको संस्थागत स्मृतिमा रहिरहनेछ। नेतृत्वको शक्ति कहिलेकाहीँ अवधिमा होइन, परिस्थितिमा नापिन्छ र त्यही सन्दर्भमा खापुङको नेतृत्व स्मरणीय रहनेछ

ads
ads
add
banner add

सम्बन्धित खबर