काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ सुनसरीमा भएको घटनामा ज्यान गुमाएका दुई जनाका परिवारलाई भेट्न आजै सुनसरी जाने भएका छन्।
गृहमन्त्री गुरुङले
गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता तथा सोही घटनामा
घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने
कार्यक्रम रहेको छ।
प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालयका अनुसार गृहमन्त्री गुरुङसँगै स्वास्थ्यमन्त्री निशा
मेहता पनि सुनसरी जानेछिन्। सुनसरी स्वास्थ्यमन्त्री मेहताको गृहजिल्ला हो।
यसअघि आज तराईका पछिल्ला घटनाक्रमबारे प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङबीच छलफल भएको थियो। सोही छलफलपछि गृहमन्त्री गुरुङ सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जतर्फ प्रस्थान गर्न लागेका हुन्।