बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

गृहमन्त्री लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण

banner add
writter
शुक्र, २३ साउन २०८२
(Shares)

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको निरीक्षण भ्रमण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौंस्थित परिचालन कक्षको अवलोकन गरेका छन्। उनले सो अवसरमा परिचालन कक्षको कार्यविधि तथा गतिविधिबारे विस्तृत जानकारी लिएका थिए।

निरीक्षण पश्चात आयोजित विशेष कार्यक्रममा गृहमन्त्री लेखकले उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीहरूलाई स्पष्ट निर्देशन दिँदै नागरिकमैत्री, सरल र झन्झटरहित सेवा प्रवाहमा जोड दिन आग्रह गरे।

उनले उपत्यकामा शान्ति, सुव्यवस्था तथा अपराध नियन्त्रणमा प्रहरीले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्दै नागरिकले प्रत्यक्ष रूपमा सुरक्षा अनुभूति गर्न सक्ने गरी व्यवहारमा शिष्टता र सेवामा पारदर्शिता अपनाउन निर्देशन दिए। प्रहरी कार्यालयको सेवा सर्वसुलभ हुनुपर्नेमा जोड दिँदै गुनासो सम्बोधनमा संवेदनशील हुनुपर्ने उनले बताए।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नागरिकका समस्या समाधान गर्दै सुरक्षा प्रत्याभूति दिलाउन प्रहरीले अझ सक्रिय भएर काम गर्नुपर्ने धारणा राखे। कानून पालना, अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरीले पुर्‍याएको योगदान सराहनीय रहेको उनले उल्लेख गरे।

त्यसैगरी, प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले उपत्यकामा सीमित जनशक्ति, स्रोत र प्रविधिका बाबजुद पनि शान्ति सुरक्षादेखि विपद् व्यवस्थापनसम्मका जिम्मेवारीहरू उत्कृष्ट ढंगले निर्वाह भइरहेको जानकारी दिए। सूचना संकलनलाई अझ प्रभावकारी बनाउँदै उपत्यकाको सुरक्षालाई थप मजबुत बनाउन निरन्तर प्रहरी सक्रिय रहेको उनले बताए।

 

ads
ads
add
banner add

सम्बन्धित खबर