काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । गृहमन्त्री गुरुङले बुधबार फेसबुकमा स्टाटस लेख्दै आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् ।
"मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्, पदमा रहँदा स्वार्थको टकराव (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु," उनले लेखेका छन् ।
उनले आफूले पदभन्दा ठूलो नैतिकता मान्ने पनि उल्लेख गरेका छन् । साथै, जनविश्वासभन्दा ठूलो शक्ति नहुने पनि उनको भनाइ छ । आफूले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको उनले उल्लेख गरेका छन् ।