मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

गुल्मी–२ का आशा र भरोसा : गोविन्द पन्थी

banner add
writter
बुध, २७ फागुन २०८२
(Shares)

काठमाडौँ । गुल्मी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गोविन्द पन्थी अहिले त्यस क्षेत्रका नागरिकका लागि नयाँ आशा र भरोसाका पात्र बनेका छन्। लामो समयदेखि स्थापित राजनीतिक शक्तिहरूबीच प्रतिस्पर्धा हुने यस क्षेत्रमा पन्थीले प्राप्त गरेको विजयलाई धेरैले परिवर्तनप्रतिको जनआकांक्षाको संकेतका रूपमा हेरेका छन्।

पूर्व प्रहरी अधिकृतको अनुभव बोकेका पन्थीले सुशासन, पारदर्शिता र जवाफदेहितालाई आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा राख्दै जनताको विश्वास जितेका छन्। विगतका वर्षहरूमा विकास, रोजगारी र पूर्वाधारका क्षेत्रमा अपेक्षित उपलब्धि हुन नसकेको गुनासो गर्दै आएका गुल्मी–२ का मतदाताले यसपटक नयाँ नेतृत्वलाई अवसर दिएका छन्।

अब, पन्थीको काँधमा केवल चुनाव जित्ने जिम्मेवारी मात्र होइन, जनताले राखेको भरोसालाई परिणाममा रूपान्तरण गर्ने चुनौती पनि छ। सडक, शिक्षा, स्वास्थ्य, कृषि तथा युवालाई रोजगारी सिर्जना गर्ने जस्ता क्षेत्रमा ठोस पहल गर्न सकेमा उनको नेतृत्वप्रति जनविश्वास अझ मजबुत बन्नेछ।

राजनीतिमा नयाँ अनुहारप्रति जनताले देखाएको भरोसाले एउटा स्पष्ट सन्देश दिएको छ। अब राजनीति केवल नारामा सीमित हुनु हुँदैन, परिणाम दिन सक्नुपर्छ। यदि पन्थीले इमान्दारिता, पारदर्शिता र जनमुखी कामलाई प्राथमिकता दिन सके भने उनी साँच्चिकै गुल्मी–२ का आशा र भरोसा काे केन्द्र बन्न सक्छन् ।

ads
ads
add
banner add

सम्बन्धित खबर