बुध, १० भदौ २०८३ / August 26, 2026, Wednesday
बुध, १० भदौ २०८३
Advertisement
banner add

प्र.नि. समुन्नत अधिकारीको कमाण्डमा २० केजी ६८७ ग्राम गाँजासहित भारतीय नागरिक पक्राउ

banner add
writter
मङ्गल, ०५ साउन २०८३
(Shares)

पर्सा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित हुलाकी सडकमा प्रहरीले २० केजी ६८७ ग्राम गाँजा बरामद गर्दै एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको टोलीले चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको BR06BH5496 नम्बरको भारतीय कारलाई शंकाको आधारमा रोकी जाँच गर्दा पछाडिको सिटमुनि लुकाइ राखिएको गाँजा फेला पारेको थियो।

घटनापछि भारतको बिहार राज्य, सितामढी निवासी कार चालकलाई नियन्त्रणमा लिइएको छ। बरामद गाँजा, कार तथा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार गाँजा नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले ओसारपसार भइरहेको हुन सक्ने आशंका गरिएको छ।

प्रहरीले सीमावर्ती क्षेत्रमा लागूऔषध तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी, सवारी जाँच र गस्ती कडा बनाएको जनाएको छ।

स्थानीयवासीका अनुसार प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा प्रहरी सक्रियता बढेपछि यस्ता अवैध गतिविधिमा कमी आउन थालेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर