झापा गाउँपालिका–३ कल्लामारी क्षेत्रबाट प्रहरीले करिब ५० ग्राम खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको किशनगन्ज जिल्ला, धनतोला मोहमारी निवासी २२ वर्षीय
एमडी फारुक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा
प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार, गए राति लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय
काँकरभिट्टा र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट
नेपालतर्फ आउँदै गरेको बिआर ३७ एबी ५८५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा
लुकाइछिपाइ ल्याइएको करिब ५० ग्राम खैरो हिरोइन बरामद गरेको हो।
प्रहरीले बरामद लागुऔषध र मोटरसाइकलसहित फारुकलाई
नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।