मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

छापिएका लाइसेन्सको जानकारी अब फेसबुकबाटै

banner add
writter
शुक्र, ०५ मंसिर २०८२
(Shares)

काठमाडौँ । सार्वजनिक सेवा पहुँचलाई सहज, शीघ्र र पारदर्शी बनाउने प्रयासहरू पछिल्ला वर्षमा उल्लेखनीय रूपमा बढेका छन्। यस्तै सुधारको पङ्क्तिमा थपिएको नयाँ कदम हो ।

छापिएका ड्राइभिङ लाइसेन्सहरूको जानकारी फेसबुकमार्फतै सार्वजनिक गर्ने व्यवस्था। कागजी काम, लामो पङ्क्ति र कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति दिलाउने यो प्रयास समयानुकूल मात्र होइन, डिजिटल सुशासनको दिशामा महत्वपूर्ण मोड पनि हो।

यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण अब फेसबुकमा राख्ने भएको छ ।

विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा आएका लाइसेन्सको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मा प्रकाशन गरिने जानकारी गराएको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी यसअघि प्रणाली ध्वस्त हुनुअघि आउने गरेको थियो । 

अब सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज हेल्लो यातायात व्यवस्था विभागमा प्रकाशन गरिने छ ।’

सेवाको सरलता : नागरिकमैत्री कदम लाइसेन्स प्रिन्ट भएर तयार भएको जानकारी फेसबुकमा सार्वजनिक गर्नु सरल र सीधोपाना कदम हो।नागरिकले कुनै छुट्टै पोर्टलमा गएर खोज्नुपरेन । “मेसेज आयो कि आएन?” भनेर अनिश्चिततामा बस्नुपरेन ।कार्यालय धाउनुपर्ने झन्झट घट्यो र सूचना सार्वजनिक र पारदर्शी बन्न पुग्यो।

यसरी हेर्दा, सामाजिक सञ्जाललाई सूचना पहुँचको माध्यम बनाउनु आधुनिक प्रशासनको प्रभावकारी अभ्यास हो।तर के फेसबुक नै भरपर्दो माध्यम हो? भन्ने मुल प्रश्न पनि उठन सक्छ । फेसबुक लोकप्रिय छ, तर सबैको पहुँचमा छ भन्न सकिँदैन।
कतिपय नागरिकसँग फेसबुक छैन ।कतिपयले चलाउन जान्दैनन् । 

कतिपयले गोपनीयता वा डेटा सुरक्षाका कारण फेसबुक प्रयोग गर्न चाहँदैनन्।त्यसैले फेसबुकलाई एकमात्र सूचना माध्यम बनाइनु हुँदैन।जानकारी एकसाथ फेसबुक, आधिकारिक वेबसाइट, मोवाइल एप, एसएमएस—सबै माध्यमबाट उपलब्ध हुनु उचित हुन्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर