निगरानी
ब्यूरो/काठमाडौँ । नेपाल प्रहरीभित्र इमान्दार, जिम्मेवार र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी
कर्मचारीलाई सम्मानित गर्ने परम्परा संगठनको मनोबल बढाउने सकारात्मक अभ्यास हो। प्रहरी
निरीक्षक (इन्स्पेक्टर) गंगाराम बुढाथोकी बैशाख महिनामा उत्कृष्ट
प्रहरी घोषित हुनु व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण प्रहरी संगठनभित्र
व्यावसायिकता र सेवाभावलाई प्रोत्साहन गर्ने सन्देश पनि हो।
नेपाल प्रहरी
संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारवाहीमा
प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति
गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एंव श्रीवृद्धिमा तपाईले
पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै २०८३ साल बैशाख महिनाको "Police of The
Month" को
रुपमा यो प्रशंसा-पत्र प्रदान गरिएको छ ।
प्रहरी सेवा केवल
जागिर होइन । नागरिकको सुरक्षा र
विश्वाससँग जोडिएको जिम्मेवारीपूर्ण पेशा हो। जोखिम, दबाब र चुनौतीबीच कर्तव्य निर्वाह गर्ने प्रहरी
कर्मचारीमध्ये उत्कृष्ट कार्य गर्ने व्यक्तिको पहिचान र सम्मान हुनुले अन्य प्रहरी
कर्मचारीलाई पनि प्रेरणा दिने गर्दछ। विशेषगरी अनुसन्धान, शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री
व्यवहारमा राम्रो कार्यसम्पादन गर्ने प्रहरीलाई प्रोत्साहन गर्नु आवश्यक छ।
नेपालमा प्रहरी
संगठनमाथि बेला–बेला आलोचना पनि हुने गरेका छन्। तर यस्ता सकारात्मक उदाहरणले
संस्थाभित्र अझै पनि इमान्दार र कर्तव्यनिष्ठ जनशक्ति सक्रिय रहेको देखाउँछ।
राम्रो कामको मूल्यांकन हुने वातावरण बनेमा संगठनभित्र प्रतिस्पर्धात्मक क्षमता र
उत्तरदायित्व अझ बलियो बन्न सक्छ।
यद्यपि पुरस्कार
र सम्मान केवल औपचारिकतामा सीमित हुनु हुँदैन। उत्कृष्ट घोषित व्यक्तिको कार्यशैली, नेतृत्व क्षमता र सेवाप्रतिको
प्रतिबद्धतालाई संस्थागत अभ्यासका रूपमा विस्तार गर्न सक्नुपर्छ। प्रहरी संगठनको
वास्तविक सुधार व्यक्तिगत उपलब्धिभन्दा पनि समग्र प्रणाली सुधारमा निर्भर हुन्छ।
आजको समयमा
प्रहरीले नागरिकको विश्वास जित्नु सबैभन्दा ठूलो चुनौती हो। त्यो विश्वास निष्पक्ष
अनुसन्धान, पारदर्शी व्यवहार र
जनमैत्री सेवाबाट मात्रै सम्भव हुन्छ। त्यसैले उत्कृष्ट प्रहरी घोषणा केवल
सम्मानको विषय नभई प्रहरी सेवाको गुणस्तर सुधारतर्फको प्रेरणादायी कदमका रूपमा लिन
आवश्यक छ।