प्रहरी संगठनको भौतिक पूर्वाधार
सुदृढीकरणमा योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान गर्नु एउटा सकारात्मक र
प्रेरणादायी पहल हो। दान बहादुर कार्की को नेतृत्वमा प्रहरी कार्यालयहरूको मर्मत
तथा पुनःसंभार कार्यमा सहयोग गर्नेहरूलाई सम्मानित गर्नुले सहकार्य र सामाजिक
उत्तरदायित्वको राम्रो उदाहरण प्रस्तुत गरेको छ।
हरी महानिरीक्षक दान बहादुर कार्कीले
जेन-जी आन्दोलन पश्चात प्रहरी कार्यालयहरूको मर्मत एवम् पुन:संभार कार्यमा सहयोग
पुर्याउने Rotary PresidentAction Group का
पदाधिकारीहरूलाई सम्मान गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक कार्कीले जिल्ला
प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित विशेष समारोहमा रोटरी क्लबका
पदाधिकारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान
गर्नुभएको हो । गत भदौ २३ र २४ गते भएका
प्रदर्शनका क्रममा क्षति पुगेका काठमाडौं र ललितपुर जिल्लाका ९ वटा प्रहरी
कार्यालय भवनहरूको पुन:संभार कार्यमा Rotary
President Action Group को तर्फबाट प्राप्त निस्वार्थ एवम् सह्रानीय सहयोगको कदर स्वरूप उक्त सम्मान गरिएको हो । सो अवसरमा
प्रहरी महानिरीक्षक कार्कीले जिल्ला प्रहरी
परिसर
काठमाडौंको कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो ।
समारोहमा प्रहरी महानिरीक्षक कार्कीले
रोटरी क्लबले समाजको विभिन्न क्षेत्रहरूमा
गरेको योगदानको प्रशंसा गर्दै क्लबले
प्रहरी कार्यालयहरूको मर्मत एवम् पुन:संभारमा
पुर्याएको योगदानले प्रहरी
कर्मचारीहरूलाई अझ जनसेवामा समर्पित भई कार्य गर्न थप
प्रेरणा प्राप्त भएको बताउनुभयो । प्रहरी
पेशा मात्र नभई स्वार्थ रहित सेवा समेत भएको चर्चा गर्दै नागरिकको दु:ख, पीडा एवम् समस्यालाई धैर्यतापूर्वक
सम्बोधन गर्दै सबैलाई विभेद
रहित सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरू दत्तचित्त हुनुपर्ने उहाँले उल्लेख
गर्नुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले आपराधिक
गतिविधिमा संलग्नलाई कानुनी दायरामाल्याउन सके मात्र गैर कानुनी क्रियाकलाप गरे
ढिलो चाँडो कानुनी दायरामा पुगिन्छ भन्ने
सन्देश
समाजमा प्रवाह भई समाजलाई अपराधमुक्त बनाउनुका साथै शान्त एवम् समृद्ध समाज निर्माणमा समेत सहयोग पुग्ने
बताउनुभयो । नागरिकको साथ र सहयोगबाट नै प्रहरी आफ्नो व्यक्तिगत समस्याहरू बिर्सिएर
समाजको लागि समर्पित हुन प्रेरित हुने उल्लेख गर्दै आगामी दिनमा समेत यस किसिमको साथ र
सहयोगको निरन्तर अपेक्षा लिएको उहाँले बताउनुभयो
।
काठमाडौं उपत्यका प्रहरी कार्यालय
रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक
ईश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ
उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त
गर्नुभएको थियो । सो अवसरमा Rotary President Action Group का
संयोजक राजाराम फुयाँलले प्रहरी
कार्यालय भवन पुन:संभारमा Rotary President
Action Group ले पुर्याएको सहयोग सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो भने District Governor Elect Of Rotary District Nepal
का
विष्णु बहादुर कार्कीले आफ्नो शुभकामना
मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अवकाश प्राप्त प्रहरी
अतिरिक्त महानिरीक्षक, प्रहरी
नायव महानिरीक्षक, वरिष्ठ
प्रहरी अधिकृतहरू, Rotary President
Action Group का पदाधिकारीहरू
लगायतको उपस्थिति रहेको थियो ।
प्रहरी कार्यालयहरू नागरिकसँग प्रत्यक्ष
सम्पर्कमा रहने स्थान भएकाले तिनको अवस्था सुधारिनु सेवा प्रवाहको गुणस्तरसँग
प्रत्यक्ष जोडिएको विषय हो। व्यवस्थित र सुविधायुक्त कार्यालयले सेवाग्राहीलाई सहज
अनुभव दिलाउनुका साथै प्रहरीप्रतिको विश्वाससमेत बढाउँछ। यस सन्दर्भमा निजी तथा
सामुदायिक स्तरबाट भएको सहयोग प्रशंसनीय छ।
तर, यस्ता
कार्यहरू दीर्घकालीन रूपमा संस्थागत ढंगले अघि बढ्न आवश्यक छ। आधारभूत संरचना
निर्माण र मर्मत राज्यको जिम्मेवारीभित्र पर्नुपर्छ। सहयोगलाई प्रोत्साहन गर्नु
राम्रो भए पनि स्पष्ट नीति, पर्याप्त
बजेट र प्रभावकारी कार्यान्वयनमार्फत प्रहरी संगठनलाई आत्मनिर्भर बनाउने दिशामा
ध्यान दिनु जरुरी छ।